वर्षाले रोकिएको भारत र न्यूजिल्याण्डबीचको खेल आज
Published:
by .काठमाडौ । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकप अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको पहिलो सेमिफाइनलमा वर्षा बाधक बनेपछि स्थगित भएको छ । हिजो स्थगित भएको खेल आज हुँदैछ ।
म्यानचेस्टरको वर्ल्ड ट्रफोट मैदानमा टस जितेको न्यूजिल्याण्डले ब्याटिङ गर्ने क्रममा ४६.१ ओभरमा वर्षाका कारण खेल रोकिएको थियो । जतिबेला उसले ५ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो ।
त्यस यता पानी पर्न नरोकिएपछि खेल सुरु हुन सकेन । बाँकी खेल आज नेपाली समयअुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।
जारी विश्वकपका खेलहरु वर्षाले प्रभावित भएको यो पहिलोपल्ट होइन । यसअघि लिग चरणका ५ खेल वर्षाले रद्ध गरिएको थियो । लिग चरणमा भारत र न्यूजिल्यान्डबीचको खेल पनि वर्षाले रद्ध भएपछि अंक बाँडिएको थियो ।
म्यानचेस्टरमा बुधबार पनि वर्षाको सम्भावना छ । आज पनि खले नभएमा समूह चरणको रनरेटका आधारमा भारत फाइनलमा पुग्नेछ ।
अहिलेसम्मको खेलमा भारतीय बलिङ आक्रमणले न्यूजिलयाण्डको ब्याटिङलाई नियन्त्रणमा लिएको छ । अनुभवी ब्याट्सम्यान रस टेलर ६७ र विकेटकिपर ब्याट्सम्यान टम लाथाम ३ रन बनाएर क्रिजमा छन् ।
Comments