Sajhamanch Archive

नदिमा तटबन्ध निर्माण भएपछि खुसी बाँड्दै मेचीपारीका बासिन्दा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

कमल । झापाको भद्रपुर नगरपालिका ३ मेचीपारी भाङ्गवारीका स्थानीय बासीले यतिबेला राहत महशुस गरेका छन् । गएको वर्ष मेची नदिको बाढीबाट आजित बनेका स्थानीयले यस वर्ष भने त्यस्तो समस्या झेल्नु परेन । जनताको तटबन्ध कार्यक्रम अन्तर्गत मेची नदिमा तटबन्ध निर्माण भएसँगै स्थानीयको मुहारमा खुसी देखिएको छ ।

गएको वर्ष नदिको भंगालो पसेर कटान गरेको स्थानमा ६० लाखको लागतमा ३ सय ५० मिटर तटवन्ध निर्माण भएपछि मेचीपारी बाढीबाट सुरक्षित भएको हो । गएको वर्ष मेची नदिको भङगालो गाउँ बसेपछि गाँस बासको नै समस्या थियो तटबन्ध निर्माण भएपछि त्यो समस्या टरेको स्थानीयले बताए ।

त्यसैगरी भद्रपुर नगरपालिकाको वडा नम्वर २ स्थित गौरीगाउँको देउनिया खोलाको जनताको तटवन्ध कार्यक्रम अन्तरगत ६१ लाख रुपैयाको लागतमा ५ सय २० मिटर तटबन्ध निर्माण गरिएको छ । जसबाट त्यहाँका १९ घरधुरी लगायत १५ सय खेतीयोग्य जमिन डुवान हुनबाट बचेको गौरीगाउँ बचाउ तटवन्धका अध्यक्ष घनेन्द्र लिङ्गदेन बताउँछन्  ।

सदरमुकाम बचाउँ कार्यक्रम अन्तरगत भद्रपुर नगरपािलकालाइ मेची नदीबाट हुन सक्ने जोखिमबाट जोगाउन जनताको तटवन्ध कार्यक्रम अन्तरगत वडा नम्बर ५ स्थित देवि बस्तीमा ६४ लाख रुपैयाको लागतमा १ सय ४५ मिटर तटवन्ध गरिएको जनताको तटवन्ध कार्यक्रमका ईन्जिनियर रुपचन्द्र अधिकारीले जानकारी दिए ।

जनताको तटवन्ध कार्यक्रमकले झापाका प्रमुख नदि अन्तरगत रतुवामावा, कमल, कन्काई, विरिङ्घ र मेची नदिको वाढीबाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न ३ सय २५ दशमलब १६ किलोमिटरमा तटवन्ध गर्नु पर्ने हुन्छ । जस अन्तरगत गत आर्थिक वर्षमा ६० दशमलव ४२ किलोमिटर र चालु आर्थिक वर्षमा १७ दशमलव ९२ किलोमिटर गरी जम्मा ७८ दशमलव ३४ किलोमिट तटवन्ध गरिएको जनताको तटवन्ध कार्यक्रमका कार्यालय प्रमुख मेखनाथ शर्माले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *