Sajhamanch Archive

अमेरिकाको भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ ।

प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो ।

आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।

आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस सुरक्षित स्थानमा गइरहेको बताइएको छ ।आँधी आएपछि त्यहाँका हवाई उडानसमेत बन्द भएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लुजियानामा आपतकाल घोषणा गरेका छन् ।(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *