Sajhamanch Archive

कमल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिकीकरण, दर्जन बढी कर्मचारी पुरस्कृत र विदाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले सोमबार एक कार्यक्रमकको आयोजना गरी आर्थिक वर्ष २०७६ । ०७७ को लागी बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेशसभा सदस्य अर्जुन राईले गाउँपालिकाले तयार पारेको बजेट, नीति तथा कार्यक्रम समेटिएको पुस्तक सार्वजनिककरण गरेका हुन् । गाउँपालिकाले ६१ करोड ७९लाख २१ हजार रुपैयाको बजेट सार्वजनिक गरेको हो ।

बजेटमा व्यवसायिक प्रवद्र्धन, रोजगार प्रवद्र्धन र सामुदायिक विद्यालयको शिक्षामा सुधार जस्ता कार्यक्रमलाई विषेश प्रथमिकता दिइएको छ । गाउँपालिकाले असार १० गते गाउँपालिकाको पाँचौ गाउँसभामा पेशगरेको बजेट, तीति तथा कार्यक्रम छलफल तथा सुझावसहित पारित भएपछि सार्वजनिककरण गरेको हो ।

वडा समिति मार्फत सिफारिस भई आएका योजना तथा कार्यक्रमलाई प्राथमिकता र महत्वका आधारमा बजेटलाई व्यवस्था गरिएको जनाउँदै आगामी दिनमा यसलाई अझ परिस्कृत गर्दै लैजाने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् । उनले कृषि, पशुपालन र शिक्षालाई विषेश जोड दिई अगाडि बढेको समेत जानकारी गराइन् ।

कार्यक्रममा नेकपाका शिव ढुङ्गेल र राप्रपाका त्रिलोचन आचार्यले बजेट, नीति तथा कार्यक्रम माथि भएका कमी कमजोरीालाई अगामी दिनमा सुधार गर्दै अगाडि बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।

यसैबीच कार्यक्रममा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई पुरस्कृत तथा समायोजनमा परी सरुवा भएर जाने कर्मचारीलाई विदाई समेत गरेको थियो ।

सर्वाेत्कृष्ट कर्मचारी गगांमाया दनुवार, उत्कृष्ट कर्मचारी निर्मला भण्डारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी अन्तरगत गाउँपालिका खरिदार पर्वत भण्डारी, पर्शुराम फुयल पुरस्कृत भएको गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी गुणराज श्रेष्ठ, रेनुका गौतम दुर्गादेवी ढुंगेल, सुवास दाहाल, दिपेन गिरी, मोहन अघोरी टिकाराज वर्देवा लाई पुरस्कृत गरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज ढकालले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले सरुवा भएर जाने युवराज वराल, डिल्ली प्रसाद दुलाल, निलम खनाल, पर्शुराम फुयल, गुणराज श्रेष्ठ, शिवलाल घिमीरे, खिर वहादुर श्रेष्ठ, केदार कुमारी अधिकारी, हरि प्रसाद पौडेल, सन्तोष भण्डारी,मान वहादुर लम्जेल, भोलानाथ दाहाल, केशव भट्टराई, राजकुमार दाहाल, यादव प्रसाद निरौलालाई बिदाई गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *