Sajhamanch Archive

विश्वको सबैभन्दा अदभुत देश – जापान

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by .

क्रिएटिभिटीको कुरा गर्दा जापान संसार कै अग्र स्थानमा आउँछ । जापानीज नागरिकको सृजनशीलता सँग संसारका अन्य कुनै देशका नागरिकको तुलना हुन सग्दैन  । जसको नतिजा विश्वले देख्न पाएको छ । जापान आज प्रविधिका हिसाबले जुन स्थानमा छ त्यो जापानी नागरिकको लगनशीलता,क्रियाशीलता तथा सृजनशीलता कै कारण सम्भव भएको हो ।

जब जापानको नाम आउँछ हाम्रो दिमागमा एउटा कुरा सल्बलाउन थाल्छ त्यो हो प्रविधि क्षेत्रमा अधिकतम उपलब्धि । जापान सबैभन्दा विकसित देश मध्य एक हो । प्रविधिको सवालमा जापानलाई चुनौती दिन सक्ने मुलुक सायद नै होला । प्राकृतिक प्रकोपका हिसाबले सबै भन्दा जोखिम युक्त मुलुक जापानमा प्रति वर्ष १५ सय पल्ट यस देशमा  भूकम्प जाने गर्छ । तर यहाँका घर यस्तो प्रविधिको प्रयोग गरेर बनाइएको छ; जसले गर्दा त्यहाँ कुनै पनि संरचनामा भूकम्पको कुनै पनि असर रहँदैन । सन् १८५४ मा जापानले पश्चिमी देश सँग व्यापार सम्बन्ध स्थापित गरेको थियो । आफ्नो बढ्दो औद्योगिक विकासलाई सञ्चालन गर्न जापानलाई प्राकृतिक सम-साधनको आवश्यकता पर्‍यो I जसका निम्ति जापानले सन् १८५४/५५ मा चिन सँग र सन् १९०४/५ मा रुस तिर दृष्टि बढायो ।

जापानले रुस जापान युद्धमा रुसलाई हरायो । यस्तो पहिलो चोटि भएको थियो कि; पहिलो पल्ट कुनै एसियाली मुलुकले युरोपियन शक्ति सँग विजय हासिल गर्‍यो । जापानीले दोश्रो विश्व युद्धमा दुरी राष्ट्रलाई साथ दियो । तर १९४५ मा अमेरिका द्वारा हिरोसिमा र नागासागीमा परमाणु बम खसाए सँगै जापानले आत्मसमर्पण गर्‍यो ।यस पश्चात् जापानले आफूलाई एक आर्थिक शक्तिका रूपमा सुधार गर्‍यो I आजसम्म अत्यादिक विकास गर्ने मुलुकमा जापान अग्र पंक्तिमा आउँछ I जापान संसार कै एक्लो देश हो जुन देशमा परमाणु बमको हमला भयो ।

तर पनि पछिल्लो ७५ वर्ष जापानले जति प्रविधि विकास गर्‍यो त्यसको हामी कल्पना पनि गर्न सक्दैनौ । जापान प्रविधिको क्षेत्रमा सबै देश मध्य अग्र पंक्ति आउँछ । जापानको प्राविधिक विकाशको गति र ऊर्जा यस्तो छ कि यदि इलेक्ट्रोनिक या अटोमोटिभ टेक्नोलोजीमा आज कुनै नयाँ गति सम्भव भएको छ भने यो निश्चित रूपमा जापान बाटै सम्भव भईरहेको छ I इलेक्ट्रोनिक विज्ञान अथवा वा टेक्नोलोजीको विश्व बजारमा जापानको सबै भन्दा बढी हिंशा छ I

जापान यस क्षत्रको अनुसन्धानका निम्ति सबैभन्दा बढी बजेट छुट्याउने गर्छ । करिब १३० बिलियन अमेरिकी डलर भन्दा बढी बजेट यस क्षेत्रमा मात्र गर्ने गर्छ । जापानमा ६ लाख ७७ हजार ७ सय बढी सोधकर्ता रहेका छन् । जापान मात्र एक देश जुन देशले सबै भन्दा बढी नोबल पुरस्कार प्राप्त गरेको छ I यो जापानको प्राविधिक उपलब्धिको सबै भन्दा ठुलो सङ्केत हो । जापान संसारकै एक मात्र मुलुक हो जो सँग सोनी, क्यानोन, प्यानासोनिक, निकोन, फुजी फ्लिम, एसर, हितासी, टोयोटा लगायत सबैभन्दा ठुला अन्तर्राष्ट्रिय ब्राण्ड रहेका छन् ।

जापानमा संसार भरीका रोबटमा आधा भन्दा बढी जापनिज रहेका छन् । संसारका ठुला मोटर कम्पनी मध्य ६ ठुला उत्पादन जापानमा रहेका छन् । रेलको परिवेशमा जापानमा संसार कै सबैभन्दा लेटेस्ट रेल जापान सँग छ । संसार सबैभन्दा एडभान्स रेल जापान सँग  रहेको छ I संसार कै सबैभन्दा लेज रेल म्यग्लें रेल ५८१ किल्लोमिटर प्रति घण्टा क्षमता रहेको रेल केवल जापान सँग रहेको छ I यो त सामान्य कुरा भयो । जापान अन्तरिक्षमा पनि नियन्त्रण गर्छ । द जापान एयर स्पेस एन्ड एक्सफ्लोरेसन एजेन्सी जापानको अन्तरिक्ष सम्बन्धी सबै भन्दा उत्कृष्ट अनुसन्धान तथा विकासको अधार र कारण समेत हो । यो रकेटको विकास मा संसार कै उत्कृष्ट प्रमाणित भइसकेको छ । अन्तरिक्षका निम्ति यसको सबै भन्दा योगदान रहेको छ I यसको पूर्ण श्रेय जापान को संवैधानिक व्यवस्था,शिक्षा नीति तथा त्यहाँका नागरिकको क्रिएटिभिटी / सृजनशिलतालाई जान्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *