Sajhamanch Archive

स्कुलमा भएको मनिटरको चुनाव हारेपछि विद्यार्थीले जीवन नै त्यागे

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौ । नेपालमा मात्रै होईन विश्वका धेरै देशहरुमा विद्यालयमा विद्यार्थीलाई नेतृत्व गर्ने शिक्षा दिईन्छ । नेपालमा विशेष गरेर माध्यमिक तहसम्ममा विद्यार्थीका लागि विद्यार्थी नै नेता हुने परम्परा अहिले पनि कायमै छ । यस्तै कक्षाकोठामा भएको निर्वाचनमा हारेपछि एक छात्रले जीवन नै त्याग गरेका छन् ।

भारतको तेलंगाना भुवनगिरी जिल्लाको रमन्नापेटमा शुक्रवार कक्षा ८ मा अध्यन गर्ने विद्यार्थीको शब रेलको पटरीकामा काटिएको अवस्थामा फेला परेको छ । प्रहरीले दिएको जानकारी अनुसार उनले विद्यालयमा भएको मनिटरको चुनाव हारेका थिए । अहिले अड्कल लगाइएको छ कि यसकारण उनले जीवन त्याग गर्न पुगेका हुन् ।

डीसीपी नारायण रेड्डीका अनुसार उनी बिहिबार देखि नै वेपत्ता भएका थिए । चरण भोंगिरको कृष्णादेवी ट्यालेन्ट स्कूलमा उनी अध्यन गर्थे । यदी विद्यार्थीका परिवारले स्कुल विरुद्ध मुद्धा दायर गरेर घटना अगाडी बढ्न सक्ने बताइएको छ । छात्रकी आमा विजयालक्ष्मीका अनुसार १६ जुलाई स्कुलमा निर्वाचन भएको थियो ।

उनले ५ देखि ६ भोटले हारेका थिए यसकारण अत्याधिक तनाबमा पनि थिए । बिहिबार स्कुलबाट आएपछि उनले छोरालाई अन्तिम पटक देखिन् । स्कुलबाट आएर उनी हराए राती अबेरसम्म नआएपछि बिहीबार रातीदेखि नै खोजिकार्य तिव्र बनाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *