Sajhamanch Archive

मेचीनगरमा विद्यार्थीहरुलाई बुद्धिचाल खेलको प्रशिक्षण

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा ।  मेचीनगरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर शनिबारदेखि झापाको मेचीनगरमा बुद्धिचाल खेलको प्रशिक्षण शुरु भएको छ ।

बुद्घिचाल खेलको दक्ष अनुभवी र अनुशासीत खेलाडी उत्पादन गदैं व्यवसायिकरुपमा बुद्घिचाल खेलको विकास र प्रवद्र्घन गर्ने उद्देश्यले स्थानीय मेची युमा चेस एकाडेमी मेचीनगरले शुरु गरेको प्रशिक्षण कार्यक्रमको मेचीनगर — ६ का वडाध्यक्ष ललितबहादुर तामाङले उद्घाटन गरेका थिए ।

मेचीनगर विभिन्न खेलको उर्वरभूमि भएकाले यहि नगरका विभिन्न खेलाडीहरुले नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दैं बुद्घिचाल खेलको विकास र प्रवद्र्घनमा स्थानीय सरकारले निभाउनुपर्ने भूमिका पुरा गर्ने वडाध्यक्ष तामाङले प्रतिवद्घता व्यक्त गरे । उनले स्थानीय सरकारले खेलकुदका लागि गर्ने जस्तोसुकै सहयोग गर्ने उनले बताए ।

एकाडेमीका अध्यक्ष विश्वविजय घिमिरेले उद्घाटन सत्रको सभापतित्व गदैं अब पनि बुद्धिचाल खेलको विकास र प्रवद्र्घन नगर्ने हो भने यो खेल लोप हुने अवस्था पुग्ने भन्दैं चिन्ता व्यक्त गरे । नगरमा बुद्घिचाल खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी भएकाले उनीहरु पछि आउने पुस्तालाई यो खेल हस्तान्तरण गर्नका लागि पनि यो प्रशिक्षण कार्यक्रम शुरु गरेको प्रष्ट पारे । यस कार्यक्रमले बुद्घिचाल खेलका अनुभवी दक्ष र अनुशासीत खेलाडी उत्पादन गर्ने कुरामा आफु आशावादी रहेको अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे ।

कार्यक्रममा नाइट चेस क्लब काँकरभिट्टाका नव निर्वाचित अध्यक्ष राजु कार्की, विभिन्न विद्यालयको प्रतिनिधित्व गदैं तारापुञ्ज माविका प्रिन्सिपल एवम् नेपाल बहुउदद्देश्यीय सहकारी संस्थाका सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्य नेपाली काँग्रेस मेचीनगर — ६ का वडा सभापति धनप्रसाद केरुङलगायतले बोलेका थिए ।

आयोजक संस्थाका सचिव राजु पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष भरत गुरुङले गरेका थिए । प्रशिक्षणमा नगरका तारापुञ्ज, अरुणोदय, लोफोफोरस, पशुपति, एमिटी, नर्थ प्वाइन्ट, मेची मोडल, तथा सुर्याेदय अंग्रेजी माविका छात्र र छात्रागरी कुल ६० जनाको सहभागिता रहेको सचिव पौडेलले जानकारी दिए ।

उनीहरुलाई बुद्घिचाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु विश्वविजय घिमिरे, वलिमान गुरुङ, राजु पौडेल भरत गुरुङलगायतले प्रशिक्षण प्रदान गर्ने बताईएको छ । हरेक साताको शनिवारका उक्त प्रशिक्षण कार्यक्रम हुने र फागुनमहिनामा समापन गर्ने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *