झापा गाउँपालिकाद्वारा ३६ करोड १० लाख बजेट सार्वजनिक
Published:
by .झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७६ ÷ ७७ को लागी ३६ करोड १० लाख ३० हजार रुपैयाको नीति, कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ ।
झापाको झापा गाउँपालिकाले चौथो गाउँसभाबाट पारित नीति, कार्यक्रम,बजेट तथा निर्णयहरु सार्वजनिक गरेको हो ।
गाउँपालिकाले आर्थिक बर्ष २०७६ ÷ ७७ का लागी प्रत्येक वडाहरुमा ६०÷ ६० लाखका योजनाहरु अघि सारिने भएको छ । गाउँपालिकाले सबै वडाहरुमा कालोपत्रेका लागी १ करोडको बजेट छुट्याएको छ भने गाउँपालिकाले कृषी र शिक्षामा जोड् दिदै झापा गाउँपालिका लाई मकै र धान जोन कार्यक्रम सवै वडाहरुमा बिस्तार गर्ने कार्यक्रम अन्र्तगत डिप बोरिङ्ग, बिद्युत बाट सिँचाई, मल, बिउ तथा औजार समेत ब्यवस्था गर्ने र शिक्षा तर्फ कक्षा ११ लाई निशुल्क शिक्षा प्रदान गर्ने, प्राविधीक पढ्ने २८ जना छात्र, छात्राहरुलाई बार्षिक १२ हजार रुपैया प्रदान गर्ने र पि एच डी गर्न चाहने ब्यक्तीलाई १ लाख सहयोग गर्ने जनाईएको छ ।
गाउँपालिकाले चालु खर्च तर्फ ४ करोड ८६ लाख, आर्थिक विकास तर्फ ३ करोड १० लाख, पुर्वाधार विकास तर्फ १४ करोड ९५ लाख २ हजार, वन वातावरण विपद तथा सरसफाई तर्फ १ करोड, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ५१ लाख, सामाजिक विकास तर्फ २ करोड ५ लाख ३० हजार र ससर्त अनुदान तर्फ १३ करोड ३१ लाख गरी कुल ३६ करोड १० लाख ३० हजार रुपैयाको बजेट सार्वजनिक गरेको हो ।
Comments