Sajhamanch Archive

मोरङका नदीखोलामा जलस्तर बढेकाले सतर्क रहन आयो आग्रह

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

विराटनगर। आज बिहानैदेखि सुरु भएको वर्षासँगै पूर्वका नदीखोलामा जलस्तर बढेको छ । बिहान १० बजेसम्म मोरङको सुन्दरहरैंचा–१ स्थित स्वचालित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ ।

थप वर्षा हुने सम्भावना रहेको जलवायु कार्यालयले जनाएको छ । लोहन्द्रा, सिंघियालगायत ससाना खोला खतरा तहदेखि अझ माथि आउन सक्ने भएकोले आसपासको क्षेत्रमा बाढी आउन सक्ने कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा सम्प्रेषण गरिएको सूचनामा भनिएको छ ‘बुधबार रातिसम्म खतरा भएकोले उच्च सतर्कता अपनाऔं’ । बाढी पूर्वानुमान शाखाले बाढी आउन सक्ने जनाएको छ ।

अविरल वर्षाका कारण प्रदेश १ को राजधानी विराटनगरका सिंघिया र केसलिया खोलामा जलस्तर बढेको छ । योसँगै आसपास क्षेत्रका बासिन्दा त्रस्त भएका छन् ।

गत असार २५ गतेपछि लगातारको वर्षासँगै उर्लिएको बाढीका कारण धेरै परिवार विस्थापित भएका थिए ।

घाम लागेर पानी घटेपछि घर फिरेकाहरु बुधबार बिहानैदेखि तनावमा छन् । वर्षाका कारण मोरङको चिसाङ, लोहन्द्रा, बक्राहा, मावालगायत खोलामा बाढीको स्तर बढेको छ ।बाह्रखरी डटकमबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *