स्याउमा हुन्छ १० करोड व्याक्टेरिया, स्वास्थ्यमा कस्तो असर गर्ला ?
Published:
by .लण्डन । स्याउ कत्तिको मन पर्छ । मन पर्छ भने यो समाचार तपाईको लागि हो । अब फेरी स्याउ खादाँ ध्यान दिनु होला । धेरै फाइबर पाइने स्याउसंगै तपाईले १० करोड व्याक्टेरियापनि खाइरहनु भएको हुन सक्छ ।
यि ब्याक्टेरिया हानीकारक छन् वा फाइदाजनक त्यो भने स्याउको उत्पादन हुने ठाँउ र अवस्थाले निर्धाराण गर्छ । शोधकर्ताहरुका अनुसार स्याउमा १० करोड जति व्याक्टेरिया हुन्छ तर ती व्याक्टेरिया कस्तो हो भन्ने चाँही कस्तो स्याउ खादै हुनुहुन्छ त्यसको आधारमा निर्धारण हुन्छ ।
यदी अग्र्यानिक भए वा जैविक रुपले उत्पादन गरेको स्याउ छ भने त्यसमा सन्तुलित व्याक्टेरिया हुन्छ अनी स्याउ पनि स्वादिष्ट हुन्छ । तर परम्परागत वा आधुनिक रुपमा उत्पादन गरिएको स्याउमा भने रोग नै फैलाउन सक्ने खालका व्याक्टेरिया पाइएको छ ।
अस्टियाको ग्रेज युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर गैवरियल वर्गले ब्याक्टेरिया, फंगी वा भाइरस खानसंगै हाम्रो पेटसम्म पुगिरहेको हुन्छ । यसमध्ये खाना पकाउदाँ धेरै मर्छन् भने काँचो फल र सव्जिहरुबाट भने सिधै पेटसम्म पुग्ने गर्छन् ।
माइक्रोबायोलोजी फर जर्नल फ्रंटीयरमा प्रकाशित अध्ययनमा परंपरागत रूपले भण्डारण गरिएको र ताजा अग्र्यानिक स्याउबीच तुलना गरिएको थियो । यस्तै थोरै छिलेको तथा विउ र कैलिक्सको अध्ययनका क्रममा छुट्टा छुट्टै विश्लेषण गरिएको थियो ।
अध्ययनमा परम्परागत र अग्र्यानिक दुवै खालका स्याउमा बराबर व्याक्टेरिया पाइएको थियो । वर्गले प्रत्येक स्याउको अनुसन्धान गर्दा औसत रूपमा २४० ग्राम स्याउमा करिब १० करोड व्याक्टेरिया हुने अनुमान गरिएको उनको भनाई छ । यस्तै धेरै व्याक्टेरिया विउमै पाइएको थियो ।
यसैले गर्दा स्याउ खादाँ बीउकोष हटाएमा करिब १ करोड व्याक्टेरिया कम गर्न सकिन्छ । अब प्रश्न यो रहेको छ कि यो व्याक्टेरिया लाभकारी छ त ? वेगले ूताजा तथा जैविक रूपमा उत्पादन गरिएको स्याउको तुलनामा धेरै विविधता पाइएको बताए । अध्ययनमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरिया भने परम्परागत स्याउको नमुनामा पाइएको थियो भने जैविक स्याउमा भने थिएन् ।
Comments