Sajhamanch Archive

खुशी गर्भवती भएसँगै छत्तिसगढमा खुशीको सीमा छैन

Published: (Updated: ) in विविधा by .

एजेन्सी । तपाईको पत्नी गर्भवती हुँदा तपाई कत्तिको खुशी बन्नुहुन्छ पक्कै पनि बन्नुहुन्छ । तर तपाईको बस्ती वा सहर खुशी भएको देख्नुहुन्छ त्यस्तो नहुन सक्छ ।

तर जनावर गर्भवती हुँदा भारतको छत्तिसगढ राज्यमा अहिले खुशीको सीमा छैन । त्यस राज्यको राष्ट्रिय जनावर मानिएका अर्नाका दुई पोथी छन् आशा र खुशी । जम्मा ८ वटा मात्र अर्ना छन्, जुन लोपोन्मुखमा पर्छन् । त्यस मध्येकी आशा बुढी भइसकेकी छन्, आश थिएन । तर, खुशी गर्भवती भएपछि पुरै राज्य खुशीले मख्ख छ ।

तीन दशक यता छत्तिसगढमा यो अर्नाको प्रजातिको संख्यामा ५० प्रतिशतले कमी आएका कारण लोप हुने अवस्थामा थियो, अहिले खुशी गर्भवती भएपछि भने केही सन्तोष मिलेको छ ।

उसको स्वास्थ्यको पूरा ख्याल राखिएको छ । अर्नाको स्वास्थ्य जाँच गर्न बेलाबेलामा भेटनरी डाक्टर पनि आउँछन् । यो महिनाको अन्त्य सम्ममा यो अर्नाले बच्चा जन्माउने सम्भावना छ । अर्नाले बच्चा जन्माएसँगै यस प्रजातिको संरक्षणमा महत्वपूर्ण सफलता प्राप्त हुने वन विभागको भनाई छ ।

त्यसैले अर्नाको संख्या बढ्न सक्ने भएका कारण त्यस राज्यमा खुशी बढेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *