बलात्कार आरोपमा नेयमारले पाए छुटकारा
Published:
by .एजेन्सी । ब्राजिलियन फुटबलर नेयमारको बलात्कारको आरोपमाथि अनुसन्धान गरिरहेको प्रहरीले फाइल बन्द गरेको छ ।
साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावका कारण मद्धा अघि बढाउन नसक्ने जानकारी दिएको हो ।
ब्राजिलियन मोडल नाइला ट्रिनडाडेले पेरिसको एक होटलमा आफूमाथि आक्रमण गरेको भन्ने आरोप लगाएपछि अनुसन्धान सुरु गरिएको थियो । नेयमारमाथि यो गएको मे महिनामा बलात्कारको आरोप लगाइएको थियो । यद्यपी नेयमारले यो आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि आरोप लगाएर ठगीको प्रयास भएको समेत दाबी गरे ।
प्रहरीको यो निर्णयमा नेयमारले कुनै प्रतिक्रिया दिएका छैनन् । अघिल्लो महिना नेयरमारले इन्स्टाग्राममा सात मिनेट लामो भिडियो पोस्ट गर्दै आफूमाथि लागेको आरोपको बारेमा जानकारी दिएका थिए ।
आरोप लगाउने ती महिलाले यथेष्ट प्रमाण दिन नसकेपछि धेरै जना वकिलहरुले मुद्धा छोडेका थिए ।
Comments