Sajhamanch Archive

जिम्मेवारी सम्हाल्दै मन्त्री भट्टराईले भने: ‘एकदिन यस्तो बनाउँछौं, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ’

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ  । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले जिम्मेवारी सम्हालेका छन् ।

जिम्मेवारी सम्हाल्नुअघि मन्त्री योगेशलाई राज्यमन्त्री धनबहादुर बुढा र कर्मचारीहरुले स्वागत गरे । त्यसअघि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन् ।

मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै  मन्त्री भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन् । अहिले नेपाल एयरलाइन्सप्रति उठेका प्रश्नको समाधान गर्ने मन्त्री भट्टाराईले बताएका हुन् ।

‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने,‘एकदिन यस्तो बनाउँछौं, वाह ! नेपाल एयरलाइन्स भन्ने हुन्छ।’

मन्त्री भट्टाराईले  आफूले यसअघिका मन्त्रीहरुसँग पनि सुझाव लिएर काम गर्ने बताए । आफूले अपर्झट रुपमा मन्त्रालय सम्हाल्नु परेको बताउँदै भट्टाराईले सबैको सुझावका आधारमा जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाए ।

ताप्लेजुङबाट निर्वाचित भट्टाराई पहिलोपटक मन्त्री बनेका हुन् । उनी नेकपाकाे स्थायी समिति सदस्य समेत हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *