मन्त्री भट्टराईले जनयुद्धका सहिदलाई सम्झिए, पेरिसडाँडा पुगेर श्रद्धाञ्जली अर्पण
Published: (Updated: )
by .काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भट्टराईले विहिबार बिहान भोलिपल्ट पुगेर पेरीसडाडाँमा पुगेर शहीदहरुको स्मारकमा माल्यार्पण गरेका हुन् । पेरिस डाँडामा जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा भट्टराईले फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरे ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् ।
श्रद्धाञ्जली अपर्ण गरेपछि मन्त्री भट्टराईले नेकपालाई अहिलेको स्थानसम्म ल्याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको पनि महत्वपूर्ण योगदान रहेको बताए । मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेक ।
पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार उनी लैनचौरस्थित सहिद स्तम्भ पुगेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो । रवीन्द्र अधिकारीको निधनपछि यो मन्त्रालय प्रधानमन्त्रीले सम्हल्दै आएका थिए ।
Comments