Sajhamanch Archive

१४ महिनामा ३० किलोमिटर सडक कालोपत्रे गर्छु, नसके राजिनामा दिन्छुः मेयर चौधरी

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्थानीय तह by .

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गरेका छन् । एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले १४ महिनामा ३० किलोमिटर वाटो कालोपत्रे गर्ने नसके राजिनामा दिने बताए । इटहरीका ११ वटा सडक बहुवर्षीय योजना अनुरुप निर्माण हुँदै छन् ।

ती सडक निर्माण पछि गाँउ र मुख्यसडकलाई कालोपत्रेसँग वाटोले जोडने छ । उपमहानगरका गाउँ गाउँका जनतालाई पनि उपमहानगरवासी भएको अनुभूति दिलाउने गरि मुख्य मुख्य वाटोलाई कालोपत्रे गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

काम गर्न समय लाग्छ प्रमुख चौधरीले भने, “तुरुन्तै कामको परिणाम नदेखिन सक्छ तर केहि समयमै इटहरीमा विकासको नयाँ उचाई प्राप्त हुने गरि काम भइरहेको छ ।” गत बर्ष इटहरी उपमहानगरले करिव सात सय योजना सडक निर्माणको संचालन गरेको थियो । चालु आर्थिक बर्षमा पनि भौतिक संरचना निर्माणलाई नै प्राथमिकता दिएको छ । उनले वाहय चक्रपथका लागि सहयोग गर्न संघ र प्रदेश सरकारसँग आग्रह समेत गरेका छन् । इटहरी उपमहानगरले सो चक्रपथको डिपिआर निर्माणका लागि तीन करोड रुपियाँ छुटयाएको छ ।

इटहरीलाई हरेक क्षेत्रमा आत्मनिर्भर वनाउनका लागि योजना तयार भइरहेको प्रमुख चौधरीले बताए । ब्यक्तिले भोगचलन गरेका करोडौ मूल्य पर्ने पोखरीहरु उपमहानगर मातहत ल्याएको, सार्वजनिक जग्गा खोजी अभियानलाई तिव्रता दिएको उनले सुनाए । आफू उपमहानगरमा निर्वाचित हुँदा खाली आएको र जाँदा पनि खाली नै जाने तर उपमहानगरमा रहेका वेथिती हटाउदै इटहरीको सम्वृद्धि र विकासलाई भने नयाँ उचाईमा पुरयाउने प्रमुख चौधरीको भनाई छ । मेयर चौधरीले  भ्रष्टाचार विरोधी अभियानलाई संस्थागत गर्दै उपमहानगरको पाँचौ नगरसभाले “सुशासन र सम्वृद्धि हाम्रो अभियान, भ्रष्ट्राचार विहिन सरल, सहज र पहँुचयुक्त इटहरी नगर प्रशासन” नारा नै तय गरेको छ । सभाले सुशासन ऐन समेत पारित गरिसकेको छ । इटहरीका सामाजिक, शैक्षिक,आर्थिक र भौतिक विकासका लागि सहयोग गर्न प्रमुख चौधरीले उपमहानगरवासीलाई आग्रह गरेका छन् । आफू सँवै पक्षसँग सहकार्य गरेर अघि वढन उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *