Sajhamanch Archive

यो कस्तो अ’श्लील गीत : के युवतीको घाँटीभन्दा तलका अंग हेरेर मात्र सुन्दरता जाँचिन्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौ । पछिल्लो समय नेपाली कला क्षेत्रमा अ’श्लीलता फस्टाउँदै गएको छ ।

आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री छे’ बोलको गीतले निकै चर्चा पाएको छ । गीत निकै राम्रो भएर भन्दापनि गीतमा प्रयोग भएका शब्दका कारण चर्चित बनेको हो । एक हप्ताअघि युट्युबमा अपलोड भएको यो गीत अहिले ट्रेन्डिङमा छ । तर गीतमा प्रयोग भएका शब्दले महिलाको अपमान भएको भन्दै सामाजिक सञ्जाल तातेको छ ।

‘घाँटीभन्दा तल त राम्री नै छे’ यसको मतलब कुनै युवती राम्री हुन घाँटीभन्दा तलका अंग राम्रो हुनुपर्छ । अनुहार र सम्पूर्ण शरीर नै नहेरी कुनै पुरुषले महिलालाई राम्रोको दर्जा भिराइदिन्छ भन्ने आसयका कमेन्ट पोस्ट भएका छन् ।

पतिसँग पार्टीमा आएकी कुनै विवाहित महिलालाई एउटा युवकले लास्टै मन पराएको र पट्याइदिने रहर भएको बताउँछ । आर्जन पाण्डेको स्वरमा रहेको यो गीतमा आर्जन पाण्डे, रीमा विश्वकर्मा र पवन गिरीको अभिनय छ ।

प्रतीक पौडेलको संगीत, कोविद वज्राचार्यको एरेन्ज, दी झोले प्रोडक्सनको कन्सेप्टमा यो गीतको भिडियो तयार भएको हो । भिडियो निर्देशन अस्ट्रो झोलेले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *