Sajhamanch Archive

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ

Published: in विश्व समाचार by .

माल्दिभ्सका पूर्व उपराष्ट्रपति अहमद अदिब भारतबाट पक्राउ परेका छन् । उनलाई गैरकानुनी रूपमा भारतीय भूमिमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्।

माल्दिभ्सको एक अदालतले तत्कालीन राष्ट्रपति अब्दुलाह यमीनलाई सन् २०१५ मा हत्या गर्ने प्रयास गरेको भनी अदिब विरूद्ध परेको मुद्दामा सफाइ दिएपछि गत मे महिनामा माल्दिभ्सको जेलबाट रिहा भएका माल्दिभ्सका पूर्व उपराष्ट्रपति अदिबलाई भारतको तामिलनाडुस्थित बन्दरगाह शहर टुटिकोरिनबाट पक्राउ गरिएको भारतीय अधिकारीहरूले एएफपीलाई बताएका छन्।

उनी भारतमा प्रवेश गर्नका लागि स्वीकृति प्राप्त सीमाविन्दुबाट प्रवेश नगरेका र आधिकारिक कागजात साथमा नबोकेका कारण उनलाई अनुसन्धानका लागि सुरक्षा नियन्त्रणमा लिइएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले बताए।

अदिबलाई यमिन राष्ट्रपति रहेको समय उपराष्ट्रपति भएकै वेला हत्या प्रयास र विभिन्न भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि नयाँ सुनुवाइ हुने तयारी रहेका समय भारत प्रवेश गरेको अनुमान गरिएको छ। अदिब गत वर्षको राष्ट्रपतीय निर्वाचनमा पराजित भएका थिए। भारतीय एक अधिकारीले भने, गलत प्रवेशद्वारबाट भारत आउन खोजेका अदिबसँग भारत प्रवेश गर्ने क्रममा राहदानी नरहेको भेटेपछि उनलाई पक्राउ गरिएको हो।

यसैबीच माल्दिभ्सको प्रहरीले अदिबलाई उनीविरूद्ध परेको मुद्दामाथि अनुसन्धान गर्न स्वदेश फिर्ता गराउने पहल सुरू गरिएको बताएको छ। उनीमाथि यमिनको कार्यकालमा उपराष्ट्रपतिका रूपमा कार्यरत रहेका समय राज्यकोषको दुरूपयोग गरेको आरोपमा परेको मुद्दामा अनुसन्धान गर्नुपर्ने भएकाले प्रक्रियागतरूपमा फिर्ता ल्याउने पहल गरिने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *