Sajhamanch Archive

शिवसताक्षीमा जारी उपमेयर कपः जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड र सुरुङ्गा फुटबल क्लब कनकाई सेमीफाइनलमा प्रवेश

Published: in खेलकुद by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रदेश नं. १ स्तरीय उपमयेर कप महिला फुटबल प्रतियोगिताको शनिबारको खेलमा जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड सेमी फाइनमा प्रवेश गरेको छ । रोयल क्लब दमकलाई २–० ले हराउँदै जोयन क्लब विर्तामोड सेमी फाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हापको १५ औं मिनेटमा जोयन क्लबको तर्फबाट जर्सी नं. १० की इमा राई पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै गरी १७ औं मिनेटमा जर्सी नं. ७ की प्रमिला राईले गोल गरेपछि २–० गोल अन्तरले रोयल क्लबलाई पछि पार्दै जोयन क्लबले विजयी हासिल गरेको हो । म्यान अफ दी म्याच इमा राई घोसित भइन् ।

त्यस्तै दोस्रो खेलमा जुनतारा फुटबल क्लब खुदुनाबारीलाई हराउँदै सुरुङ्गा फुटबल क्लब कनकाई सेमी फाइनलमा प्रवेश गरेको छ । जुनतारालाई ४– ० गोल अन्तरले हराउँदै सुरुङ्गा सेमीमा प्रवेश गरेको हो । सुरुङ्गाको तर्फबाट पहिलो हापको ८ औं मिनेटमा जर्सी नं. १३ की विमला थापाले पहिलो गोल गरेकी थिइन् । त्यस्तै ११ औं मिनेटमा १४ नं. जर्सीकी अनु राईले एक गोल थप्दै २ गोलको अग्रता दिलाइन् । त्यस्तै गरी खेलको ३३ औं मिनेटमा जर्सी नंंंं. १० की रस्ना राई गोल गरेपछि पहिलो हापमा ३ गोल अन्तरले सुरुङ्गाले अग्रता लिएको थियो । खेलको दोस्रो हापमाको १३ औं मिनेटमा जर्सी नंं. १४ की अनु राईले थप एक गोल गरेपछि सुरुङ्गा फुटबल क्लबले ४ गोलगरी फरासिलो गोल अन्तरले विजयी हासिल गरेको हो । जुनतारा फुटबल क्लब खुदुनाबारीले गोल गर्ने अवसर पाएपछि सदुपयोग गर्न नसक्दा खेलबाट बाहिरिएको छ । खेलको म्यान अफ दी म्याच अनुराई घोषित भईन् ।

प्रतियोगिताको विजेता टिमले रु ५१ हजार र उपविजेता टिमले ३१ हजार नगदसहिद शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्र्र्ने आयोजक नगरखेलकुद विकास समितिले जनाएको छ ।
सोमबार पहिलो खेल सतासीधाम स्पोर्टिङ्ग क्लब शिवसताक्षी र जोयन स्पोर्टिङ्ग क्लब विर्तामोड खेल्ले छन् भने दोस्रो खेल पारिजात महिला फुटबल क्लब झापा र सुरुङ्गा फुटबल क्लब कनकाई बीच हुने आयोजकले जनाएको छ। प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *