Sajhamanch Archive

मेचीनगरमा ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताः १२ वटा जेसीजलाई पछाडी पार्दै चारआली जेसीज प्रथम

Published: (Updated: ) in खेलकुद, by .

मेचीनगर । मेचीनगरमा शनिबार पहिलो पटक सम्पन्न ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिताको उपाधि चारआली जेसीजले जितेको छ ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसलाई सफल रुप सम्पन्न गर्ने उद्देश्यले झापाको मेचीनगर —११ स्थित कालिका सामुदायिक बन क्षेत्रमा रहेको कालिका सिमसारमा आयोजित ‘अन्तर जेसीज बोट रेस’प्रतियोगितामा सहभागि दुई लेडी जेसीजसहित १२ वटा जेसीज शाखालाई पछाडी पार्दै निर्धारित दुरी १३ मिनेट १३ सेकेण्डमा पार गदैं चारआली जेसीज प्रथम भएको हो ।

प्रत्येक शाखाबाट ४ जना सदस्य प्रतियोगिको रुपमा सहभागी थिए । प्रतियोगितामा मेचीनगर तथा विर्ता लेडी जेसीजले सहभागिता जनाएका थिए ।

कमलनगर जेसीजले १३ मिनेट ३४ र सुरुङ्गा जेसीजले १३ मिनेट ४३ सेकेण्डमा उक्त दुरी पार्दै क्रमस दोस्रो र तेस्रो भए । विजयी शाखालाई धुलावारी जेसीजका संस्थापक महासचिव छविलाल खतिवडा,जेसीजका अध्यक्ष केशवप्रसाद पोखरेल,कार्यक्रम संयोजक राजीव प्रसाईलगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गदैं १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले अब यो देश युवाको काँधमा आएको र देशलाई समृद्घ बनाउने जिम्मेवारी हरेक युवाको रहेको बताए । उनले स्थानीय स्तरका पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्घन गर्न प्रदेश सरकार लागि परेको र हरेकक्षेत्रका पर्यटकीय क्षेत्रको प्रस्ताव पत्र प्रदेश सरकार समक्ष पेश गर्न आग्रह गरे । उनले यो प्रतियोगिता मार्फत मेचीनगर क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्घनहुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै धुलावरी जेसीजका उपाध्यक्ष गगन पोखरेलले सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई प्रवद्र्घन गर्न नेपाल जेसीजले समेत सवै शाखाहरुलाई आव्हान गरेको हुँदा सोहि अनुसार झापाको मेचीनगरमा यो प्रतियोगिता आयोजना गरेको जानकारी दिए । झापा जिल्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त सम्भावना बोकेको जिल्ला त्यसमा पनि मेचीनगरमा विभिन्न पर्यटकीय गन्तव्य क्षेत्र रहेको पनि ती गन्तव्यहरुको प्रचार प्रसार होस भन्ने हेतुले समेत यो प्रतियोगिता सम्पन्न गरिएको हो ।

जेसीसले आगामी दिनमा पर्यटकीयक्षेत्रको गन्तव्य छनौट गरी विविध कार्यक्रम गर्र्ने जेसीजका अध्यक्ष केशव पोखरेलले जानकारी दिए । जेसीजका अध्यक्ष केशवप्रसाद पोखरेलको सभापतित्वमा भएको उद्घाटन सत्रमा कृष्ण कनाल, योगेश भट्टराई, सन्तोष मेचेलगायतले बोलेका थिए । महासचिव डिल्लीराम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव आस्मा चापागाईँले तथा स्वगत कार्यक्रम संयोजक राजीव प्रसाईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *