Sajhamanch Archive

रोटरी क्लव अफ विर्तामोड मिडटाउन र रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पद हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

विर्तामोड । रोटरी क्लव अफ विर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ ।

विर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पास्ट डिष्ट्रीक गर्भनर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०१९÷२०२० का अध्यक्ष शिवकुमार अग्रवाललाई रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराए लगत्तै नवनियुक्त अध्यक्ष अग्रवाललाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोटरीको सिद्घान्त अनुसार चार्टर प्रेसिडेण्ट सन्तोष अग्रवालले नव नियुक्त अध्यक्ष अग्रवाललाई विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाण पत्र तथा आइपिपि पास्ट प्रेसिडेण्ट शुभ कुमाई पाठकले ग्यावल गन प्रदान गरेकी थिईन् । रोटरी क्लव अफ विर्तामोड मिड टाउनका सन् २०१९÷२०२० अध्यक्ष अग्रवालले सपथ ग्रहणसहित पदभार ग्रहण गरे लगत्तै मिटिङको कल तथा निर्देशन गरेका थिए ।

आफुले सपथ लिएपछि उनले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथिसहित अन्य रोटरियनहरुले रोटरीको पिन प्रदान गरेका थिए । रोट्रयाक क्लब अफ विर्तामोड मिड टाउनको सन् २०१९÷२०२० अध्यक्ष विवेक कोइरालालाई रोट्रयाकका असिष्टेण्ट डिष्ट्रीक सेक्रेटरी सन्नी गोयलले रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराए लगत्तै नवनियुक्त अध्यक्ष कोइरालालाई पद तथा गोपनियताको सपथ गराएका थिए । गोयलले नव नियुक्त अध्यक्षलाई विर्तामोड मिडटाउनको च्याप्टरको प्रमाण पत्र प्रदान गरेकका थिए । त्यसपछि उनले आफ्नो टिमका सवै पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

रोटरी क्लब अफ विर्तामाड मिडटाउनका आइपीपी पाठकले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरेकी थिइन् भने रोशन बुढाथोकीले रोटरी क्लब अफ विर्तामाड मिडटाउन रोट्रयाक क्लब अफ विर्तामोड मिडटाउनले सन् २०१८÷२०१९ मा भए गरेका कामको चर्चा गरेका थिए । उनले सो अवधिको सवै गतिविधी प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरेका थिए ।

नवनिर्वाचित अध्यक्षद्वय अग्रवाल र कोइरालाले आगामी वर्षको भावी योजना प्रस्तुत गरेका थिए । अग्रवालले आगामी दिनमा सवैक्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्त गरेका थिए । यो वर्ष रोटरी मिडटाउनमा ६ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा मिडटाउनका मेम्वर कमिटी चियरपर्सन सिद्घार्थ नवीन उप्रेतीले विवरण प्रस्तुत गरेका थिए । यसरी नयाँ सदस्य प्राप्त गर्नेहरुमा सुभास भट्टराई, बुद्घि घिमिरे, मुकेश वर्मा, शान्ता रिजाल ,पवन गोयल, तथा होम कार्की छन् ।

उनीहरुलाई कार्यक्रमका विशिष्ट अतिथि एजी असिष्टेण्ड गर्भनर कुमार गिरीले इन्डक्सन गराएका थिए । पद तथा गोपनियताको सपथसँगै सवैलाई प्रमुख अतिथि पास्ट डिष्ट्रीक गर्भनर पीडीजी दिलेन्द्रराज श्रेष्ठले रोटरीको पिन तथा पास्ट डिष्ट्रीक सेक्रेटरी पीडीएस प्रफुल्लमान श्रेष्ठले बुकी प्रदान गरेका थिए । पुष्पाञ्जली सिन्हाले प्रमुख अतिथि पीडीजी दिलेन्द्रराज श्रेष्ठको व्यक्तित्वका बारेमा प्रकाश पारेकी थिईन् । रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सचिव सुमन शर्मा जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा प्रेसिटेण्ट इलेक्ट प्रशान्त भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

रोटरी क्लव अफ विर्तामोड मिडटाउनका सन् २०१९÷२०२० अध्यक्ष शिवकुमार अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथि श्रेष्ठ, गिरी, भूमिका पोखरेललगायले सम्बोधन गरेका थिए । उनीहरुले रोटरीले स्वास्थ्य, शिक्षालगायतका विषयमा पुर्याएको योदानको चर्चा गदैं हरेक व्यक्ति आफ्नो स्वार्थभन्दा माथि उठेर समाजका लागि केही रचनात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मिड टाउनका दिनेश पोखरेलल टोस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, विराटनगरतथा भारत शिलीगुडीका रोटरी तथा रोट्रयाक, विभिन्न राजनीतिक दलका, संघ संगठन तथा बैंकका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरुलगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न कलाकारहरले गीत प्रस्तुत गररेका थिए । मिडटाउनका पव्लिक इमेज चियर गजेन्द्र पौडेलले धन्यवाद ज्ञापन गरे । सन् १९०५ फेव्रवरी २३ तारीखमा अमेरिकाको सिकागो शहर भन्ने ठाउँमा पावल ह्यारिससहित अन्य चारजना मिलेर स्थापना भएको रोटरी अहिले विश्वभरका १ सय ६६ भन्दा बढी देशमा फैलिएको छ । विश्वभर ३५ हजारभन्दा बढी क्लबहरु छन् । विश्वभर रोटरीका १ दशमलव २ मिलियन यसका सदस्य छन् । विश्वभरका रोटरी क्लबहरुले पावललाई रोटरीको जन्मदाताका रुपमा समेत लिने गरेका छन् ।

हरेक वर्ष जुलाई १ तारिख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछन् । हरेक जुलाई १ तारीखदेखि पदभार ग्रहण कार्यक्रम शुरु हुने गरेको छ । झापामा यो अवधिमा रोटरी क्लब अफ काँकरभिट्टा, विर्तामोड, विर्तामोड मिडटाउन, भद्रपुर, सुरुङ्गा तथा दमकको पद हस्तानतरण भएको छ भने काँकरभिट्टा, दमक, विर्तामोड तथा विर्तामोड मिडटाउनगरी चारवटा रोट्रयाक क्लबले समेत सम्पन्न गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *