Sajhamanch Archive

पहिलो महिला निग्रो विलियनर

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

उनलाई अक्सर संसारकै सबैभन्दा शक्तिशाली एवम सबैभन्दा प्रभावशाली महिला उद्यमी पनि भनिन्छ । उनको वाल्यकाल गरिवि र दरिद्रतामा वित्यो । तर उनी बाल्यकालदेखी नै निकै बुद्धिमान र वक्तृत्वकलामा निकै अव्वल थिइन् । उनलाई संसारकै सबैभन्दा पहिलो महिला निग्रो विलियनर भनिन्छ । उनलाई अमेरिकाको ‘सेल्फ मेड’ सबैभन्दा धनि महिला भनिन्छ । उनको सम्पत्ति कुल ३ विलियन अमेरिकि डलर छ । उनको नाम हो ओपरा गेल विन्फ्रि ।

सन् १९५४ जनवरी २९ मा अमेरिकाको मिसिसिपिमा जन्मिएकी ओपराले गरिविमै आफ्नो वाल्यकाल विताइन् । तर टेनेसी स्टेट युनिभर्सिटिबाट आम सञ्चार विषयमा अध्ययन गरेर स्थानिय रेडियोबाट जब आफ्नो करियर स्टार्ट गरिन्, तब उनले पछाडि फर्किएर हेर्नु परेन । उनले त्यसपछि कयौं किर्तिमान कायम गरिन् । उनी पहिलो निग्रो महिला न्युज एञ्कर तथा सबैभन्दा कान्छि न्युज एञ्कर भएर काम गरिन् ।

उनको यात्रा यसैगरि अघि बढ्दै थियो । तर सन् १९८६ सेप्टेम्बर ८ मा भने उनले व्यवसायिक जीवनमा पाइला चालिन् र सुरु भयो पहिलो ‘ओपरा विन्फ्रि सो ।’ यो टक सो एक समय यति धेरै चर्चित थियो कि, उनका हरेक गेष्टहरु उनको सो मा आएपछि आफ्नो मनको सम्पुर्ण कुरा खोतल्न तयार हुन्थे । उनको सो एउटा ‘पव्लिक कन्फेसन सो’ को रुपमा चर्चित थियो र छ ।

ओपरा आफ्नो जीवनका तिता मिठा क्षणलाई खोतलेर गेष्ट सामु राख्ने गर्थिन् । उनले यहि सो मार्फत तेस्रोलिङगीका समस्याहरु उजागर गर्ने गर्थिन् । उनले सन् १९९३ मा माइकल ज्याक्सनसँग लिएको एक अन्तर्वाता संसारमै सबैभन्दा धेरै हेरिएको अन्तर्वाता भनेर किर्तिमान कायम गर्न सफल अन्तर्वाता हो । र यहि कारणहरुले गर्दा उनको सो निकै चर्चित बन्न पुगेको थियो ।

सन् २०११ मा उनले आफ्नै टेलिभिजन च्यानल ओ डव्लु एन स्थापना गरिन् । उनले ओ म्यागजिन पनि स्थापना गरिन् । टेलिभिजन र आम सञ्चारको क्षेत्रमा उनले नयाँ स्वरुपमा उद्यमसिलताको विजारोपण गरिन् । पत्रकारितालाई व्यवसायिकरण गरेर नयाँ धार स्थापना गरिन् । र आज उनको परिचय टेलिभिजन उद्यमी, सञ्चारकर्मी, फिल्म एक्ट्रेस र मानवअधिकारवादिको रुपमा विश्वविख्यात छ । उनलाई सम्मानसाथ ‘क्विन अफ मिडिया’ पनि भनिन्छ । धनिहरुको सुचिमा उनी अग्र स्थानमा अटाउँछिन् । त्यतिमात्र होइन, उनी आफ्नो कमाइको सिमित रकम च्यारिटिमा दान समेत गर्छिन् ।

उनी अत्यन्तै पशुप्रेमी पनि हुन् । उनीसँग पाँचवटा कुकुरहरु छन् । जसलाई उनले निकै माया गरेर पाल्छिन् । सन् २०१३ मा उनले तत्कालिन अमेरिकि राष्ट्रपति वाराक ओबामाबाट ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ जस्तो राष्ट्रकै सबैभन्दा उच्चतम नागरिक सम्मान प्राप्त गरेकी थिइन् । उनको जीवनमा एउटा सिद्धान्त छ । उनी भन्छिन्,‘संगत त्यहि मानिसको गर्नुस् जसले तपाइलाई उकास्न मद्दत गर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *