Sajhamanch Archive

स्तन लुकाएर राख्ने कि देखाएर हिँड्ने ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

काठमाडौं । महिला कलाकर्मी र सेलिब्रिटीहरूको फोटोसूटका क्रममा ‘स्तन’को उपयोग गरिएको हुन्छ । कुनै खास कार्यक्रम वा विभिन्न अवार्डमा लगाइने ड्रेसको तालमेल पनि त्यहि हिसाबले गरिएको हुन्छ । यसलाई ‘ग्ल्यामर’को दृष्टिकोणले तयार पारिएको हुन्छ । कतिपयले त राम्रो देखिनकै लागि ‘स्तन’को आकारविकारका वैज्ञापनिक बजारको सहायता लिन्छन् । नेपालमा पनि यस्ता सहायताका ओखती र मेडिकल सेन्टर पर्याप्त छन् ।

तर शरीरको एउटा अंगको रूपमा रहेको ‘स्तन’को सामाजिक मुल्य र मान्यता के हो ? यो गोप्य अंग हो की होइन ? पश्चिमा शैलीको फेसनलाई स्वीकारीरहेको नेपाललगायतका दक्षिण एसीयाली मुलुकमा स्तनको सामाजिक ‘व्याख्या र चरित्र’ पश्चिमाको जस्तो खुला हुनसक्छ ?

स्तन गोप्य अंग हो की होइन भन्ने बहस अहिले भारतको बजारमा चलिरहेको छ । यहि हावा नेपालमा चल्ने सम्भावना पनि निक्कै छ । ग्ल्यामर बजार स्तनको मनोवैज्ञानिक उपयोगका कारणले नै टिकेको छ ।

तर स्तनको उपयोगका हिसावले एउटा क्रान्ति पनि हुनसक्छ भन्ने मान्यता दक्षिण भारतीय मोडलले देखाएकी छन् । मलालायाम फिल्ममा अभिनय समेत गरेकी एयर होस्टेज गिलु जोसेफको एउटा म्यागेजिनमा ‘स्तनपान’ गराएको कभर तस्बिर अहिले बहसमा आएको छ ।

फ्लाई दुबईकी एयरहोस्टेज समेत रहेकी जोसेफ कवीयत्री, गीतकार पनि हुन् । उनको त्यो कभर तस्बिरले अश्लीलता झल्काएको भन्दै एक कानुन व्यावसायीले अदालतमा मुद्दा हाले । अदालतले यसलाई अश्लिलता नभएको ठहर गरेको थियो । तर जोसेफ अविवाहित मोडल हुन् जसको तस्बिर स्तनपान गराएको प्रकाशित गरिएको छ ।

अदालतले यसबारेमा आदेश दिए पनि सामाजिक प्रश्न उठिरहेका बेला भारतीय अभिनेत्री दिव्यंका त्रिपाठीको टिप्पणीले झनै चर्चा पाएको छ । उनले भनेकी छन्,‘महिलको स्तन प्रजनन् अंग होइन, लुकाएर राख्न आवश्यक छैन ।’

त्रिपाठीका अनुसार महिलाले अब स्तनलाई नलुकाए पनि हुन्छ । यसमा उनको तर्क थप बलियो छ,‘बच्चालाई दुध खुवाउनका लागि महिलाको शरिरमा भगवानले स्तन तयार पारेका हुन् ।’

यो बहस नेपालमा कत्तिको जायज ठहर्छ ?

नेपाली मोडल र अभिनेत्रीहरूले आफुलाई बोल्ड देखाउनका लागि स्तनको छेउछाउमा टाटु खोपेका छन् । कतिपयले आकर्षणको केन्द्रविन्दु रहेकै कारण पनि स्तनलाई निक्कै स्वतन्त्रताको खाँचो रहेको बताएका छन् । कतिपयले भल्गर भन्ने गरेका गायिका ज्योती मगर, सरस्वती लामालगायतले आफ्ना अंगको उपयोगकै कारण कलाकारिताको ‘स्कुप’ लाइन पक्रिएका छन् । अन्य अभिनेत्रीहरूले पनि विकिनी बडीको उपयोग गर्दा गोप्य अंगको राम्रो उपयोग गरेर चर्चामा आएका छन् ।

मोडल स्मीता थापाले त आफ्नो शरिरको अधिकार आफुसँगै रहने युरोपेली आवाजलाई सामाजिक सञ्जालमा व्यापक गरेकी छन् । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा उत्तेजक तस्बिर नराख्नका लागि अपिल गरिहरेको पनि छ । तर महिलाको स्तन प्रदर्शनका तस्बिर उत्तेजक मानिन्छन् कि मानिँदैनन् ? के हो उत्तेजकको सीमा र परिधि भन्ने खुलाइएको छ ।

‘स्तन भनेको महिलाको आकर्षणको गहन हो, त्यसैले यो कस्मेटिक सामानलाई जति सुन्दर बनायो त्यति नै आफुतिर ध्यान तानिन्छ भन्ने मनोविज्ञान महिलामा हुनु स्वभाविक हो’, एक मोडल भन्छिन्,‘तर यसको सन्देशको आधारचाहीँ के हो भन्नेले अर्थ राख्छ । जोसेफको तस्बिरले आमाको दूध पिलाउने अधिकारको संचार गरेको छ । तर कतिपयको टपलेस तस्बिरले सेक्सुअल विषयको अपिल गरिरहेको हुन्छ ।’

त्यसो भए महिला टपलेस भएर हिँड्न पाउनुपर्छ कि पर्दैन ?

युरोप अमेरिकातिर टपलेस हुन पाउनुपर्छ भन्ने युवतीहरूको क्रान्ति नै भयो । टपलेस भनेकै स्तन प्रदर्शनको माग हो । ‘गो टपलेस’ भन्ने एउटा अभियान नै चलेको थियो ।

अमेरिकाको मनाकाटो सहरमा फेथ न्युमानले केही समयअघि टपलेस हुन पाउनुपर्ने भन्दै प्रदर्शनका लागि आह्वान पनि गरेकी थिइन् । उनले ९ हजार मानिसलाई टपलेस हुन पाउनुपर्ने अधिकारको लडाईका लागि महाभेलामा उतारेकी थिइन् । उनले यो अभियान समानताको हिसाबका लागि उठाएको पनि दाबी गरेकी थिइन् । -एजेन्सीहरुको सहयोगमा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *