पाँचथरमा पनि डेंगु भेटियो
Published:
by .पाँचथर। सुनसरीको धरान लगायतका विभिन्न ठाँउमा फैलीएको डेंगु रोगका विरामी पहाडी जिल्ला पा“चथरमा समेत देखिएका छन् । पछिल्लो हप्ता जिल्ला अस्पताल फिदिममा उपचारका लागि आएका विरामी मध्ये ५ जनामा डेंगुको संक्रमण देखिएको हो ।
पाँचथरमा पनि रोग भेटिएको पुष्टि भएको पाँचथर जिल्ला अस्पलतालको निमित्त प्रमुख डा. मुकेश कुमार झाले जानकारी दिए । पाँचथर अस्पतालमा विरामी भएर आएका दुई र समर्पीत अस्पतामा विरामी भएर आएका तीन जना विरामीमा यस्तो रोग भेटिएको हो ।
पाँचथर अस्प्तालमा उपचारमा आएका विरामीलाई परिक्षण गर्दा यस्तो भेटिएको झाले बताए । पाँचथर अस्पतालमा डेंगु परिक्षण गर्ने किड्स नभएपछि समर्पित अस्पतालमा परिक्षणका लागि लगिएको थियो । उनीहरुलाई जिल्ला अस्पतालमा उपचार गरेपछि घर फर्किएका छन् ।
अस्पतालहरुका अनुसार फिदिम १२ का रामप्रसाद राई, फिदिम १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, गजेन्द्र भण्डारी र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पा“चथरमा कार्यरत नायव शुव्वा पुरुषोत्तम पौडेलमा डेंगु भेटिएको हो । उनीहरु ज्वरो आएर उपचारका लागि अस्पताल आएका थिए । तराई आउजाउ गर्नेहरुलाई यस्तो रोग देखिएको झाले बताए ।
समर्पित असपतालमा आएका विरामी मध्ये तीन जनामा यस्तो सक्रमण भएका विरामी उपचार गर्न आएका थिए । उनीहरु मध्ये दुई जनालाई थप सुविधा सम्पन्न अस्पतालमा रिर्फर गरीएको समर्पित अस्पतालका जनसम्पर्क प्रमुख शिशिर आङबो बताए ।
डेंगु संक्रमण देखिएका मध्ये २ जनालाई नोवल अस्पताल विराटनगर, एकजनालाई झापाको विएण्ड सि अस्पताल पठाएको छ । डेंगुको संक्रमण भेटिएपछि सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
सुनसरीको धरान लगायतमा देखिएको यो समस्यामा पहाडमा पनि देखिएकाले सचेतता अपनाउन आवश्यक रहेको आङ्बाले बताए ।
पाँचथर अस्पतालमा परिक्षण्का लागि आवश्यक किड्स छैन् । विरामी भेटिएपछि किड्स झिकाउनकालागि माथिल्लो निकायमा पत्रलेखिएको झाले जानकारी दिए । डेंगुको संक्रमण भेटिएपछि सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन् । (फिदिम टुडेमा खबर छ)
Comments