Sajhamanch Archive

पूर्वीनाकाबाट हुने चोरी निकासी नियन्त्रणमा वढायो प्रहरीले निगरानी

Published: in राष्ट्रिय समाचार, समाज, by .

काँकरभिट्टा । पछिल्लो समय पूर्वीनाकाबाट हुने चोरी निकासी पैठारी नियन्त्रणमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले निगरानी बढाएको । गत आर्थिक वर्ष २०७५÷०७६ मा मेची भन्सार कार्यालय काँकरभिट्टा लक्ष्य असुलीमा असफल भएपछि प्रहरी अवैधरुपमा हुने धन्दा नियन्त्रणमा निक्कै सक्रियपूर्वक लागि परेको प्रहरी अधिकारीको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमाण्ड सम्हाले लगत्तै प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले अवैध धन्दा पुरै शुन्यमा झार्ने प्रतिवद्घता व्यक्त गरेका थिए । प्रहरी नायव उपरीक्षक कार्कीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नेतृत्व सम्हालेको करीव दुई महिनाको अवधिमा १४ लाख रुपैयाँभन्दा बढीको अवैध सामान पक्राउ गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जानकारी दिए ।

मेचीनगर तथा आसपासकाक्षेत्रबाट गएको असार ६ देखि साउन २२ गतेसम्म अवैधरुपमा आयात निर्यात गर्दै गर्दाको अवस्थामा कुल १४ लाख ३५ हजार ६ सय ७५ रुपैयाँ सरकारी प्रतिवेदन मुल्य अनुसारको सामान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार सवैभन्दा बढी १६ असारमा एकैदिन ३ लाख १ हजार रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गर्न सफल भएको छ ।

सवैभन्दा कम २२ साउनमा ४९ हजार २ सय ५० रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गरेको प्रहरी निरीक्षक सुभाष खनालले बताए । प्रहरीको तथ्याङ्क अनुसार ६ असारमा २ लाख ९६ हजार ३ सय ८० रुपैयाँ, २६ असारमा ६० हजार ८० रुपैयाँ, ७ साउनमा ९५ हजार १ सय ८० रुपैयाँ, ८ साउनमा ५९ हजार १ सय १५ रुपैयाँ, १४ साउनमा ८० हजार ६ सय रुपैयाँ, १७ साउनमा २ लाख १ हजार ९ सय ७० रुपैयाँ, १९ साउनमा ९९ हजार ७ सय ६० रुपैयाँ मुल्य बराबरको सामान पक्राउ गरेको थियो ।

सो अवधिमा सुपारी, लत्ता कपडा, मरिच, मटर, इलेक्ट्रोनिक्स सामान, जुत्ता चप्पल, खाद्यन्न सामाग्री फलफूललगायतका सामान पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार नगरको नकलबन्दा, बाहुनडाँगी, दुर्गा मन्दिर, ज्यामिरगढी, सतिघट्टा, भान्साखोला, कालीका बगान आसपासलगायतकाक्षेत्रबाट साँझपख, विहान र रातीको समयमा यसमा संलग्नले धन्दा चलाउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *