वेष्ट कोरियोग्राफी अवार्ड झापाका पुडासैनीले हात पारे
Published: (Updated: )
by .झापा । झापाका प्रणित पुडासैनीले बेष्ट फेशन कोरियोग्राफर अवार्ड जितेका छन् ।
प्याजेन्ट नेपाल इन्टरनेश्नलले नेपालमै पहिलो पटक आयोजना गरेको फेशनमोडल अवार्डमा पुडासैनीले मौफसल बिधामाउक्त अवार्ड हात पारेका हुन् । नेपालकै चर्चीत व्यक्तिहरु नोमिनेशनमा परेकोमा प्रणितले सबैलाई उछिन्दै अवार्ड आफ्नो पोल्टामा पारेका हुन् । प्रणितले झापा माबि गत ५ बर्षदेखि इभेन्ट म्यानेजमेन्ट, निर्देशन तथा कोरियोग्राफी गर्दै आएका छन् । उनी सञ्चारकर्मी समेत हुन ।
वेष्ट कोरियोग्राफरको अवार्ड जित्ने प्रणित झापाका पहिलो कोरियोग्राफर हुन । नेमिनेशनमा मिस नेपाल शृंखला खतिवडा, उषा खड्गी, मिस्टर मोडल अफदि वल्र्ड दिक्पल कार्की, हिमानी शुब्बालगायतका चर्चीत व्यक्तिहरु थिए । अवार्ड जित्दै प्रणितले अवार्ड जिताउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । त्यस्तै झापाका बिवेश राईले इमर्जींग फेशन डिजाईनरको अवार्ड हात पारेका छन् ।
Comments