Sajhamanch Archive

भारतका विभिन्न स्थानमा बाढी आउँदा ज्यान गुमाउनेको संख्या १४२ पुग्यो

Published: in विविधा, विश्व समाचार by .

लगातारको वर्षाका कारण भारतका विभिन्न स्थानमा बाढी आउँदा जनजीवन प्रभावित भएको छ।

बाढीका कारण चार राज्य प्रभावित भएका छन्, त्यहाँ ज्यान गुमाउनेको संख्या १४२ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाढी प्रभावित गुजरातमा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

बाढीका कारण सबैभन्दा प्रभावित राज्य हो केरल, त्यहाँ ज्यान गुमाउनेको संख्या ५७ पुगेको जनाइएको छ । कर्नाटक तथा महाराष्ट्रमा पनि ठूलो वर्षाका कारण बाढी आएको छ ।

बाढीका कारण जनजीवन अस्तव्यस्त भएको छ । चार राज्यमा गरेर ज्यानगुमाउनेको संख्या १४२ नाघेको जनाइएको छ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *