Sajhamanch Archive

अनुमति पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा १ सय ५८ मुद्धा दर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । प्रहरी प्रधान कार्यालयले मुद्घा चलाउन सक्ने अधिकार दिएपछि इलाका प्रहरी कार्यालय धुलावारीमा त्यसयता १ सय ५८ वटा विभिन्न प्रकृतिका मुद्घा दर्ता भएका छन । प्रहरी प्रधान कार्यालयले २०७५ माघ १ गतेदेखि कार्यालयलाई मुद्घा समेत दर्ता गरी थप अनुसन्धान गर्न अनुमती प्रदान गरेको थियो । त्यसअघि हरेक मुद्घा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा दर्ता हुने गरेका थिए ।

कार्यालयको मुद्घा शाखाले दिएको जानकारी अनुसार प्रहरी प्रधान कार्यालयले मुद्घा चलाउन सक्ने अधिकार दिएको पहिलो ६ महिनामा अघिल्लो आर्थिक वर्ष २०७४÷ २०७५ मा ८८ वटा मुद्घा दर्ता भएका थिए । ती मध्ये ८७ वटा फस्र्याैट भएको प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए । कर्तव्य ज्यान सम्बन्धिको एउटा मुद्घा अहिलेसम्म अनुसन्धानको क्रममा छ । गत आर्थिक वर्ष २०७५÷ २०७६ मा दर्ता भएका कुल १ सय ५० मुद्घा मध्ये १ सय ४ वटा फस्र्याैट भएका छन् । बाकी विभिन्न प्रकारका ४६ वटा मुद्घा चालु आर्थिक वर्ष २०७६÷२०७७ मा सरी आएका छन ।

गत आर्थिक वर्ष २०७५÷ २०७६ मा सवैभन्दा बढी झुण्डिएर आत्महत्याका ३० वटा मुद्घा मध्ये १० वटा फस्र्याेट भएका छन । यसैगरी सोहि अवधिमा दर्ता भएका ज्यान मार्ने उद्योगका ४, ज्यान मार्ने उद्योग र डाकाका १ दुरुत्साहन ज्यान १, चोरीका ७, ठगीका १, केही सार्वजनिक अपराधका ४, अभद्र व्यवहारका १३, बाधा विरोधका ३ वटा मुद्घा दर्ता भएपनि सवै फस्र्याैट भएका छन् ।

यी सहित विष सेवन गरी आतमहत्या, सवारी भवितव्य ज्यान, लिखत किर्ते, बोक्सीको आरोप, मानव बेचबिखन तथा ओसारपसार, लागूऔष, बहुविवाह, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योगलगायतका मुद्घा दर्ता हुने गरेको छ ।

गत आर्थिक वर्ष २०७५÷ २०७६ मा कार्यालयले ९ महिलासहित १ सय १९ जना प्रतिवादीलाई पक्राउ गरेको कार्यालय प्रमुख प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले बताए । कार्यालयको अभिलेख अनुसार अझै पनि ३० पुरुषसहित ३६ जना फरार प्रतिवादी छन ।

सवैभन्दा बढी जवरजस्ती करणीका १५ जना प्रतिवादीलाई पक्राउ गरेको छ । ती मध्ये माग बमोजिमको धरौटी बुझाउन नसक्दा २ जना तथा अदालतको आदेशले १० जना पुपक्षका लागि कारागार चलान भएका छन् । ३ जना धरौटीमा छुटेका थिए । इलाका प्रहरी कार्यालय धुलावारी अन्तर्गत मेचीनगरको ९ देखि १५ नम्बर सम्मका वडा तथा बुद्घशान्ति गाउँपालिकाको सवै वडा कार्यक्षेत्रका रुपमा पर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *