Sajhamanch Archive

अमेरिकामा ग्रीन कार्ड लिने प्रक्रियामा कडाइ

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकाले स्थायी रुपमा बसोबास गर्ने गरी आफ्नो मुलुकमा प्रवेश गर्नेहरुलाई झन कडाई गरेको छ।  राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले गरिब आप्रवासीहरूका निम्ति भिसा अवधि लम्ब्याउन तथा स्थायी बासिन्दाको हैसियत प्रदान गर्न विभिन्न सर्तहरु तयार गरेको हो।

नयाँ नीतिले अमेरिकी ग्रिन कार्ड प्राप्त गर्ने आप्रवासीलाई एक वर्षभन्दा बढी समय खानेकुरामा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता कुरामा प्रदान गरिँदै आएको सरकारी सहुलियतलाई लक्षित गरेको छ।  नयाँ नीतिपछि आप्रवासीहरु भविष्यमा पनि त्यस्तै सार्वजनिक सुविधामा निर्भर हुन सक्ने अवस्था देखियो भने सरकारले तिनको निवेदन अस्वीकार गर्न सक्नेछ।

अधिकारीहरूका अनुसार यो नियमले आफैँ निर्भर हुन प्रोत्साहन गर्नेछ। ‘पब्लिक चार्ज रुल’ नामक नियम हिजो त्यहाँको संघीय रजिस्टरमा प्रकाशित भएको थियो। नयाँ नियम आगामी अक्टोबर १५ देखि लागु हुनेछ। यो नयाँ नियम लागू भएमा सरकारमा निर्भर भएर बसेका र आफूले कमाई गर्न नसकेका आप्रवासीलाई असर गर्नेछ भने स्थायी बसोबासको अधिकारका लागि आवेदन दिएका तथा आम्दानीको स्रोत राम्रो नभएका व्यक्तिलाई पनि असर गर्नेछ। लामो समयदेखि अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरुलाई भने नयाँ नियमले कुनै असर गर्नेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *