औद्योगिक क्षेत्रमै दैनिक १५ पटक विद्युत् कटौती
Published: (Updated: )
by .मुलुक लोडसेडिङमुक्त घोषणा भइसके पनि मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय दैनिक १५ पटकभन्दा बढी विद्युत् कटौती हुन थालेको छ । यसरी पाँच–पाँच मिनेटमा विद्युत् आउने जाने गर्दा उद्योगीहरु हैरान भएका छन् ।
सरकारको कर नीतिका कारण निराश बनेका उद्योगीहरु अघोसित विद्युत् कटौतीले झनै निराश बनेका छन् । ‘हाम्रो समस्या कहाँ पोखौं रु’ उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रश्न गर्छन, ‘समृद्ध नेपाल, सुखी नेपाली ५ लाख युवालाई स्वदेशमै रोजगारी यसरी नै आउँछ रु’
कारोबार दैनिकबाट ।
Comments