काँकरभिट्टामा गाइजात्रा पर्व
Published: (Updated: )
by .काँकरभिट्टा । हरेक वर्षको जनै पूर्णिमाको भोलिपल्ट नेवार समुदायले मनाउने साँस्कृतिक पर्व गाईजात्रा शुक्रबार झापा मेचीनगरका नेवार समुदायले धुमधामका साथ मनाएका छन् ।
नेवा समाज समिति मेचीनगरको अगुवाइमा भएको गाइजात्रा पर्वमा यसै वर्ष मृत्यु भएका नगरका तीनजना नेवार समुदायको घरबाट स—साना बालबच्चालाई गाईको प्रतिक बनाएर नेवारी समुदायको भेषभुषा तथा बाजागाजासहित लाखे नाचका साथ निकालिएको थियो ।
नेवार समुदायमा कसैको निधन भए मृतकको स्मृतिमा गाइजात्रा निकालिने समितिका अध्यक्ष कमल गुभाजुले जानकारी दिए । उनका अनुसार स्वर्गीय विष्णुमाया श्रेष्ठ, ज्योति रञ्जितकार तथा टीकामया श्रेष्ठको स्मृतिमा उनीहरुका सदस्यले गाईजात्रा निकालेका थिए । गाइजात्रामा सहभागीहरु प्रत्येकको घर घरमा पुगेका थिए । त्यहाँ उनीहरुलाई सगुनसहित फलफुल प्रदान गरिएको थियो । साथै गाईजात्राका अवसरमा निकालेको र्यालीले नगरको मुख्यः व्यपारिक केन्द्र काँकरभिट्टा बजारको परिक्रमा समेत गरेको थियो ।
Comments