Sajhamanch Archive

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by .

२८ वाणिज्य बैङ्कले आव २०७५र७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४र७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४।५८ प्रतिशत बढेको हो ।

२०७४÷७५ मा बैङ्कहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४÷७५को तुलनामा तीन बैङ्कको नाफा घटेको छ भने बाँकी २५ बैङ्कले नाफा बढाएका छन् ।

कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ । आव ०७५र७६ मा वाणिज्य बैङ्कहरुको औषत निक्षेप दर ६।५८ प्रतिशत र कर्जामा ब्याजदर १२।३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

गत वर्ष राष्ट्र बैकले निक्षेप र कर्जाकामा औसत भारित ब्याजदर अन्तर(स्प्रेड दर) ४।५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भएपनि वाणिज्य बैङ्कले गत आवमा त्यस्तो अन्तर ५।७ राखेर नाफा बढाएको देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *