Sajhamanch Archive

संजिवनीको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोडमा सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका शिक्षा उपसमिति संयोजक तारा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अडानका झापा जिल्ला सल्लाहकार संयोजक हरिकिशोर आचार्य रहेका थिए ।

संस्थाका अध्यक्ष याम कुमार चुडालले साकोसको संक्षिप्त परिचय साथै आर्थिक वर्ष २०७५/०७६ को प्रगति सहित आर्थिक वर्ष २०७६/०७७ को अनुमानित वासलात प्रस्तुत गरेका थिए ।

उक्त तालिमको सहजीकरण कार्यक्रमका प्रमुख अतिथी तथा अडानका झापा जिल्ला सल्लाहकार संयोजक हरिकिशोर आचार्यले गरेका थिए । सदस्य शिक्षा तालिममा सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ साथै विभिन्न बचत खाताका बारेमा प्रष्ट पारेका थिए ।

सो कार्यक्रममा समिट माइक्रो फाईनान्स डेभलपमेन्ट बैंक बिर्तामोड शाखाका तिर्थराज ढकालले आफ्ना धारणा राखेका थिए ।

संस्थाका व्यवस्थापक कृष्ण प्रसाद खरेलले शब्दबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षा उपसमिति सदस्य तारा कार्कीले गरेकी थिइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *