Sajhamanch Archive

पर्यटकीय क्षेत्र दोमुखामा दुई दिने सहकारी र विद्युतीय सुशासन अभिमुखिकरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा दुई दिने सहकारी र विद्युतीय सुशासन अभिमुखिकरण प्रशिक्षण सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि उक्त प्रशिक्षण सुरु भएको हो ।

शनिबार शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै शिवसताक्षी नगरपालिका क्षेत्र भित्र ३६ ओटा सहकारी रहेकाले सो सहकारीलाई समृद्ध र जनप्रतिनिधी र कर्मचारीलाई प्रशिक्षण आयोजना गरिएको बताइन् ।

उनले सहकारी ऐन, सहकारीको अवधारणा र अन्य गतिविधीहरु जनप्रतिनिधि र कर्मचारीहरुलाई ज्ञान हुन अत्यत्नै आवश्यक रहेको जानकारी दिइन् । यस क्षेत्रमा रहेका सहकारीहरु, जनप्रतिनिधी र सहकारी विभाग र कर्मचारीहरुको वृहत छलफल गरी सहकारीको माध्यमबाट नगरलाई एउटा नयाँ उचाई पुर्याउन सकिने उनको भनाई थियो ।

अभिमुखिकरणका प्रशिक्षण सहकारी अभियान्ता तथा सहकारी विज्ञ केशवबहादुर थापाले स्थानीयतहमा सहकारीले गर्नु पर्ने काम, सहकारीको प्रवद्र्धन, स्थानीय तहसँग सहकारीको समन्वय लगायतका विषयहरुमा प्रशिक्षण दिइने बताए ।

हाल शिवसताक्षी भित्र स्थापित ३६ र अन्य क्षेत्रमा प्रमुख कार्यालय रही यस नगरमा सेवा केन्द्र विस्तार भएका १७ गरी ५३ ओटा सहकारीहरु सञ्चालनमा रहेका छन् ।
अभिमुखिकरण कार्यक्रममा अध्यक्षता शिवसताक्षी नगरपालिका वडा नं. १० वडाध्यक्ष कर्णबहादुर थापाले गरेका थिए भने स्वागत लेखा अधिकृत तथा निमित्त कार्यकारी प्रमुख भिमबहादुर खवासको रहेको थियो । कार्यक्रमको सञ्चालन सहकारी विभाग प्रमुख बद्री दाहालले गरेका थिए । प्रशिक्षण आइतबार समापन हुने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *