Sajhamanch Archive

हवाई कारबाहीमा परी अफगानिस्तानमा छ तालिबानी लडाकू मारिए

Published: in विश्व समाचार by .

 अफगानिस्तानको पूर्वी भागमा पर्ने घाज्नी प्रान्तमा भएको एक हवाई कारबाहीमा परी छ तालिबानी लडाकू मारिएका प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ ।

घाज्नी प्रान्तको दिह याक जिल्लाको हद्दा गाउँमा तालिबान लडाकू लुकेर बसेका स्थानलाई लक्ष्यगरी नेटोआवद्ध संयुक्त सेनाले हवाई कारबाही शुरु गरेको थिए ।

सोही कारबाहीमा छ तालिबान लडाकू मारिनुको साथै अन्य चार घाइते भएका प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस पहाडी प्रान्तमा लामो समययता सरकारी सुरक्षाबल र तालिबान लडाकू समूहबीच झडप जारी रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *