Sajhamanch Archive

अनाथ आश्रममा सामुदायिक प्रहरीको राहात वितरण

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोडले लायन्स क्लव अफ पूर्वाञ्चलसँगको सहकार्यमा तारा नमस्ते बाल आश्रममा खाद्य सामाग्रीसहित राहात सामाग्री वितरण गरेको छ ।

शनिवार झापाको विर्तामोड स्थित बाल आश्रममा पुगेर सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा लायन्स क्लवले उक्त सामाग्री वितरण गरेको हो ।
विर्तामोड नगरपालिका वडा अध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आथित्यतामा गरिएको कार्यक्रममा खाने तेल लत्ता कपडा, चामाल, चिउरा, भुजा, चाऊ चाऊ, विस्कुट, लगाएतका सामान वितरण गरिएको हो ।

लायन्स क्लव अफ पूर्वाञ्चलका अध्यक्ष गणेश अधिकारीको सभापतित्वमा भएको वितरण कार्यक्रममा लायन्स क्लवका रिजन चियर प्रशन सत्य नारायण शर्मा, एरिया चियर प्रसन लिला चिमरिया, जोन चियर प्रशन ओम विमली, निरज ओली,उर्मिला खरेल, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका बरिष्ठ उपाध्याक्ष सन्जिव चापाँगाई, लगायतले शुभकामना दिए । उनीहरुले आगामी दिनमा पनि यस्ता बाल आश्रमका बालबालिकालाई लक्षित गरि कार्यक्रम ल्याउन आफुहरुको पहल गर्न बचन दिएको सामुदायिक प्रहरी सेवा केन्द्रका राजकुमार ओलीले जानकारी दिए ।

महासचिव लक्ष्मी गौतमले सहजीकरण गरेको कार्यक्रममा आश्रमका अध्यक्ष नारायण पोखरेलले आफुहरुको सानो प्रयासबाट सुरु गरिएको आश्रमलाई सवैको साथले आज आफ्नै भवनमा सार्न लागिएको र अव अझ सवैको साथको खाँचो रहेको बताए । हाल आश्रममा १३ जना बालबालिका आश्रित छन । हाल भाडाको घरमा बालबालिका राखिएको छ भने विर्तामोड ४ आश्रमको आफ्नै भवन निर्माणधिन अवस्थामा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *