पानीमा डुबेर शनिबार ४ जनाको मृत्यु
Published: (Updated: )
by .बिराटनगर । एक नम्बर प्रदेशका बिभिन्न जिल्लामा शनिबार पानीमा डुबेर ४ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन ।
मोरङको रतुवामाई नगरपालिका वडा नं.७ सिँजुवा बस्ने शिव मुखीयाको १० वर्षिय छोरा आकाश मुखीयाको खोलामा डुबेर मृत्यु भएको छ । प्रहरी टोलीले खोजतलाश गर्ने क्रममा उनि राती ९ बजे रतुवा खोला किनारमा मृत फेला परेका थिए ।
झापाको बिर्तामोड नगरपालिका वडा नं.३ बिराट पोखर बस्ने रोशन बेसराका २ बर्षिय छोरा अजित बेसरा पनि शनिबार अपरान्ह पौने ४ बजेको समयमा खेल्ने क्रममा अदुवा खोलामा डुबेर मृत्यु भएको छ ।
सुनसरीको ईटहरी उप महानगरपालिका ६ बस्ने ४० बर्षिय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । सुनसरीको रामधुनि नगरपालिका वडा नं.६ ईचोल बस्ने अन्दाजी ४५ बर्षिय सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत फेला परेका छन ।
सुनसरीको कोशी कटानमा रामधुनी नगरपालिका वडा नं. ५ भुमरी चोक बस्ने बर्ष १८ को आयुषबस्नेत नुहाउने क्रममा डुबेर गम्भिर घाईते भएका थिए । उनलाई साथिहरुले डुबिरहेको अवस्थामा देखे पश्चात तत्काल उद्दार गरेका थिए । हाल उनको बिराटनगरमा उपचार भइरहेको छ ।
Comments