‘च च हुई’ गीतमा सुहायो आर्यन र मिरुनाको केमेस्ट्री
Published:
by .साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ को पहिलो गीत सार्वजनिक भएको छ ।
आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘सिल्की सिल्की बाल’ बोलको गीतमा फिल्मका लिड अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर प्रेमिल मुद्रामा प्रस्तुत छन् । कलाकार भोलाराज सापकोटालाई पनि गीतमा ठुम्का लगाएको देख्न सकिन्छ ।
राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतका संगीतकार राजनराज स्वयं हुन् । गीतको शब्द फिल्मका निर्माता अमृत घोले लामा, राजनराज सिवाकोटी र श्याम लामिछानेले लेखेका हुन् ।
सुशन प्रजापतिले खिचेको गीतका कोरियोग्राफर शिशिर खाती हुन् । गीतको अडियो सशक्त छ । सुशनले मुस्ताङ्ग चुसाङ्गको दृश्य कलात्मक ढंगले खिचेका छन् ।
यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ । निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । आर्यन, मिरुना र भोलाराजसँगै यो फिल्ममा पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ।फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयं हुन् ।
फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व छ । निर्देशक साम्तेनले यसपटक आफूले कमर्शियल फिल्म बनाउने प्रयत्न गरेको बताए । फिल्म मंसिर ६ मा हलमा लाग्दैछ ।
Comments