नवलपरासीमा दुई जना फरार अभियुक्त पक्राउ
Published:
by .नवलपरासी। जिल्ला प्रहरी कार्यालयल पश्चिम नवलपरासीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
कर्तब्य ज्यान मुद्दामा फरार रहेको सुनवल नगरपालिका वडा नं. ११ बस्ने ३७ बर्षिय गोविन्द प्रसाद कुमाललाई ११ बर्षपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेश अनुसार पुर्पपक्षका लागि कारगार पठाएको जनाएको छ ।
कुमाल ११ बर्ष अगाडी साविक रामनगर ५ बस्ने लाल बहादुर सुनार र कमल सुनारलाई फलामे रड हानी गम्भीर घाईते बनाई फरार भएका थिए । गम्भीर घाईते मध्ये कमल सुनारको उपचारको क्रममा मृत्यु भएपछि प्रहरीले कर्तब्य ज्यानको मुद्दा चलाई कुमालको खोजतलास गरिरहेको थियो । अभियुक्त कुमाललाई प्रहरीले उनको घर नजिकैबाट पक्राउ गरेको हो ।
त्यस्तै जबजस्तीकरणी मुद्दामा फरार जिल्लाको प्रतापपुर गाउँपालिका १ बस्ने अशोक केवटलाई पनि पक्राउ गरि अनुसन्धान थालेको छ । केवट २०७५ फागुन २८ गते परिवर्तित नाम एस भन्ने २२ बर्षिय युवतिलाई बर्दघाट नगरपालिका वडा नं.१३ धनेवा स्थित उखुबारीमा जबरजस्ती करणी गरि फरार भएका थिए ।
प्रहरीले पिडितको जाहेरी पाएपछि फरार अभियुक्त केवटको खोजतलाश गरिरहेको थियो । प्रहरीले सुचनाका आधारमा केवटलाई भदौ ६ गते उनकै घर नजिकबाट पक्राउ गरि थप अनुसन्धा थालेको प्रहरीले जनाएको छ ।
Comments