आप्रवासी नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी
Published:
by .काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले लिएको आप्रवासीप्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ ।
विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ । यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर’ नाराका साथ एकजुट हुन आह्वान गरिएको छ ।
आयोजकले सबैलाई सेतो पहिरनका साथ शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । यसअघि पनि यस्तै प्रदर्शन भएपछि राष्ट्रपति ट्रम्प आफ्नो नीति परिवर्तन गर्न बाध्य भएका थिए ।
मेक्सिकोबाट अमेरिका आएका अवैध आप्रवासी बिरुद्ध राष्ट्रपति ट्रम्पले ‘जिरो टलरेन्स’ नीति लागू गरेकोमा उनीहरुले विरोध जनाएका हनु् । जिरो टलरेन्स लागू भएको खण्डमा कारागारमा रहेका अभिभावकका सन्तानले अलग हुनुपर्ने पर्ने छ । (एजेन्सी)
Comments