Sajhamanch Archive

हलमा देखिएला साम्राज्ञीको क्रेज ?

Published: in टिप्स/जानकारी by .

विवादकी पर्याय हुन्, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । कहिले फोटो विवाद त कहिले आफूले काम गरेको फिल्मको टिमसँग मनमुटाव । उनी अभिनयको कारणले कम अन्य कुराले बढी चर्चामा रहने गर्दछिन् ।

केही हप्ता अगाडि इन्डोनेसियाको बालीमा प्रेमीसँग खिचेको अन्तरंग तश्विरले उनी निकै आलोचित हुनुपर्‍यो । यसले उनको क्रेजमा ठूलो धक्का पुगेको कतिपयको विश्लेषण छ ।

प्रत्येक वर्ष दुईभन्दा बढी फिल्म नगर्ने उनको यस वर्ष महिना दिनको अन्तरमा दुई फिल्म प्रदर्शनमा आउँदैछन् । तिजको छेको अर्थात् भाद्र १३ गतेबाट फिल्म मारुनी प्रदर्शनमा आउने तरखरमा छ । भने, घटस्थापनाका लागि फिल्म रातो टिका निधारमा ले प्रदर्शन मिति घोषणा गरेको छ । दुबै फिल्म उनका लागि निकै महत्त्वपूर्ण छन् । दुई फिल्मको चर्चा बजारमा राम्रो छ ।

छोटो समयको अन्तरमा दुई फिल्म प्रदर्शनमा आउन लागेका कारण अहिले उनलाई समय व्यवस्थापन गर्न चटारो छ । उनले दुबै फिल्मको एकसाथ प्रचार गर्नुपरेको छ । केही दिनदेखि उनी फिल्म मारुनीु का लागि दर्शक फकाउन देश दौडाहामा छिन् । इटहरी, चितवन, पोखरा र बुटबल हुँदै आइतबार उनी नेपालगञ्ज पुगेकी छन् । त्यहाँ फिल्मको विषयमा जानकारी दिन सांगीतिक कन्सर्ट हुँदैछ ।

यो कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी छन् । विभिन्न कारणले श्रृंखलाबद्ध रुपमा विवादमा पर्दै आएकी साम्राज्ञीको क्रेज खस्किँदो रहेको बजारमा चर्चा चलेता पनि मोफसलमा भने दर्शकमा उनको क्रेज गजब देखिएको मारुनीु का मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ ले जानकारी दिएका छन् ।

इटहरीमा आयोजना भएको कन्सर्टमा साम्राज्ञीलाई भेटन मात्र सयौं बढी फ्यानले ४ घण्टा कुरेका थिए । केही यूवती फ्यानहरु साम्राज्ञी बसेको होटलसम्म पुगेका फिल्मकी निर्माता पुनम गौतम बताउँछिन् । धेरैलाई होटलमा सुरक्षागार्डले साम्राज्ञीसम्म पुग्न दिएनन् । इटहरीको कन्सर्टमा उनलाई सुरक्षागार्डले स्टेजसम्म पुर्‍याउन ठूलै संघर्ष गर्नुपरेको थियो । उनले केही फ्यानबाट गिफ्ट पनि पाइन् ।

चितवन र पोखरामा पनि उनको क्रेज गजब देखियो । चितवनमा साम्राज्ञीलाई भीडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ नै परेको थियो । उनीसँग तस्वीर खिचाउन फ्यानहरु स्टेजमै उक्लिएका थिए । केहीले फिल्मको संवाद समेत बोलेर सुनाए । चितवनको कन्सर्ट सकिएपछि उनलाई केही फ्यानले होटलसम्म पछ्याएका थिए । होटलमा आएका फ्यानसँग साम्राज्ञीले तस्वीर खिचाइन् र कुराकानी गरिन् ।

‘ड्रिम्स’ बाट सानदार डेब्यू गरेकी उनले पोखरामा पनि दर्शकको न्यायो माया पाइन् । पोखरामा आयोजना भएको कन्सर्ट पानीका कारण स्थगित भयो । तर, साम्राज्ञीलाई नै हेर्न पुगेका सयौं फ्यानले पानीको प्रवाहा नै नगरि उनलाई पर्खिए । तर, भेट्न पाएनन् । कतिपय यूवतीहरु स्थानिय आयोजकसँग उनलाई भेट गराइदिन आग्रह गर्दै रोएका थिए । फिल्मको वुटवलमा भने कन्सर्ट भएन ।

देश दौडाहामा साम्राज्ञीको क्रेज देखेर निर्माण टिम निकै खुसी देखिएको छ । उनको क्रेज र स्टारडमले फिल्मको इनिसियल व्यापारमा ठूलो फाइदा पुग्ने विश्वास लिइएको छ । तर, वर्तमान परिपेक्षमा कलाकार भेट्दा सेल्फी खिच्न लाग्ने दर्शकको भीड हलमा भने पुग्ने गरेको देखिन्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *