Sajhamanch Archive

पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । भिडयो कन्फ्रेन्समार्फत पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर रहनुभएकाले पहिलो पटक प्रविधिको प्रयोग गर्दै भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको हो ।

बैठकमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा।युवराज खतिवडा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सञ्जार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा, खानेपानी मन्त्री विना मगर, भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्री पद्माकुमारी अर्याल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, पर्यटन मन्त्री योगेश भट्टराईलगायत मन्त्रीहरुले सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग टेलिकन्फ्रेन्समार्फत सम्वाद गरेका हुन् ।

बैठकमा पहिलो पटक प्रयोग गरिएको प्रविधिका बारेमा मन्त्रीहरुले अनुभव साटासाट समेत गरेका थिए ।

मन्त्रिपरिषद्का सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको भिडियो कन्फरेन्सिङ हलबाट प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्वाद गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *