Sajhamanch Archive

कड्किए कानुनमन्त्री–‘कांग्रेसले सरकारसँग अंश खोज्यो

Published: (Updated: ) in राजनीति by .

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग अंश खोजेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री तामाङले कांग्रेसले भाग खोजेकै कारण संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बन्न नसकेको जिकिर गरे ।

कांग्रेसले आफ्ना सांसदहरुलाई एउटै समितिमा राख्नुपर्ने माग गरिरहेको पनि उनको भनाइ छ ।

मन्त्री तामाङले कांग्रेसले जतिनै भाग खोजे पनि सार्वजनिक लेखा समितिबाहेक अरु समिति नपाउने दाबी गरे ।

मन्त्री तामाङले अनशनकारीले भनेकै भरमा काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने काम नरोकिने स्पस्ट पारे ।

उनले मेडिकल कलेज कहाँ आवश्यक छ र कहाँ खोल्ने ? भन्ने निर्णय सरकारले गर्ने भन्दै मेडिकल कलेज खोल्ने अधिकार सरकारलाईमात्र रहेको बताए ।इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *