एन.आई सी. बैंकका चमत्कारिक योजना
Published:
by .कमल । एन आई सी एसिया बैंक दमकले आज पत्रकार सम्मेलनगरी आफ्ना चमत्कारीक योजना बारे जानकारी गराएको छ ।
बैंक पनि साथि पनि, राम्रो पनि, हाम्रो पनि भन्ने मूल नाराका साथ जनसमुदायमा बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा बैकले ल्याएको विभिन्न चमत्कारिक योजनाका बारेमा बैंकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
बंैकले सञ्चालनमा ल्याएको सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाताको अवधाराण ल्याएको जानकारी गराइएको थियो । त्यस्तै सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बैदेशिक बचत खाता , सुपर चमत्कारिक उद्यमशील बचत खाता लगायतका योजनाका बारेमा बंैकका दमक उप क्षेत्रीय कार्यलयका प्रमुख डेनराज सुब्बाले जानकारी दिए ।
बैकले विभिन्न योजना अन्तरगत खाता सञ्चालन गर्ने ग्राहाकलाई आफु र आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको विमा सुविधा प्राप्त गर्न सकिने बताएको छ । परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोडसम्मको विमा सुविधा, दम्पतीको लागी २५ वटा घातक रोगहरुको लागी ३० लाख सम्मको विमा सुविधा, परिवारका लागी १ लाख ५० हजार सम्मको औषधी उपचार विमा सुविधासमेत प्राप्त गर्न सकिने बैकका दमक शाखा प्रमुख तीर्थ प्रधानले जानकारी दिए ।
बंैकले मुलुकभर २ सय ९७ शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको छ । जसमा ३ सय ४६ वटा एटिएम ५८ वटा एक्स्टेन्सन काउन्टर एवं ४१ वटा शाखारहित बैकिङ्गमार्फत सेवा सञ्चालनमा रहेको जनाएको छ । बैंकको देशभर १८ लाख ग्राहाक रहेका छन् । ग्राहाकले देशभरका कुनै पनि बंैकको एटएिमबाट निःशुल्क रुपमा रकम निकाल्न साथै कर्जामा समेत विशेष छुट पाउने बैंकले जनाएको छ । बैंकले नेपाल सरकारलाई ३ अर्ब १५ करोड राजश्व बुझाएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरको न्युन उपस्थिती रहेका मुगु, कालिकोट, बझाङ्ग, रुकुम, जुम्ला लगाउतका जिल्ला र ३४ वटा भन्दा बढी स्थानियतहमा शाखा विस्तार गरेर ग्रहाकलाई सेवा प्रदान गरिरहेको बैकले जनाएको छ ।
Comments