गाउँपालिका प्रमूखलाई बहुविवाह मुद्दा !
Published:
by .प्युठान । प्युठानको गौमुखी गाउँपालिकाका प्रमूख विष्णुकुमार गिरीविरुद्ध उनकी पत्नीले बहुविवाहको मुद्दा दायर गरेकी छन् ।
पत्नी सीता केसीले आफू हुँदाहँदै कान्छी पत्नी विहे गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दर्ता गरिन् । उक्त विषय जिल्ला अदालतमा पुगेको छ ।
गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ । गिरीले २०५७ सालमा विवाह गरेको र हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको केसीको दाबी छ ।
एक किशोरीसँग गएको २९ असारमा बिहे गरेको जानकारीमा आएपछिे मुद्धा दर्ता गराएको उनले बताइन् ।
Comments