काठमाण्डौमा प्रवासी युवाहरु भेला हुने
Published:
by .झापा । वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरुको सक्रियतामा आगामी असार २७ गते प्रवासबाट फर्केका व्याक्तिहरुको अधिराज्यव्यापी भेला हुने भएको छ ।
राष्ट्रिय युवा परिषदको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा भेला हुने भएको हो ।
भेलाको जानकारी विषयमा जिल्लामा रहेका राष्ट्रिय युवा परिषदका शाखा कार्यालयहरुले सुचना प्रकाशित गरिसेका छन् । वैदेशिक रोजगारी टुंग्याएर स्वदेश फर्केका जो कोहि व्याक्ति उपस्थित हुन सक्ने उक्त भेलामा देशैभरिबाट सहभागिता हुने भेला आयोजना गर्न सक्रिय रहेका उत्तम अधिकारीले जानकारी दिए। भेलामा सहभागी हुने व्याक्तिले निश्चित प्रक्रिया भने पुरा गर्नुपर्ने छ प्रक्रियाका लागि आयोजकले सहभागी हुन इच्छुक व्याक्तिहरुलाई अनलाइन फारमको व्यवस्था गरेको छ ।
भेलालाई व्यवस्थित बनाउन आगामी असार २० गते भित्र फारम भरेर पठाएका व्याक्तिहरुलाई मात्र प्रवेश दिईने र उनीहरुका लागि प्रवेश कार्डको व्यवस्था गरिने आयोजकले जनाएको छ । भेला सफल बनाउन सामाजिक संजाललाई प्रयोग गर्दै ग्रुप निर्माण गरि अधिकांश जिल्लाका व्याक्तिहरु जोडिने क्रम जारि रहेको र दिनहुँ फारम भरेर पठाउने काम समेत तीव्र गतिमा भएको जानकारी अधिकारीले जानकारी दिए ।
राज्यको निती तथा कार्यक्रम तय गरेमा वैदेशिक रोजगारीबाट फर्किएका उर्जाशील युवाहरुले विदेशमा सिकेको सिप, दक्षता, क्षमता आदिलाई स्वदेशमै प्रयोग गरेर रास्ट्र समृद्द बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र बेरोजगारले रोजगार समेत प्राप्त गर्ने बताइएको छ ।
Comments