कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्नुपर्छ : मन्त्री खनाल
Published:
by .काठमाण्डौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन गरेका छन् ।
मन्त्री खनालले जलवायु परिवर्तनले बीउबीजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गरे । उनले कृषि उत्पादन र त्यसको बीउबीजनको उत्पादन बढाउने गरी अनुसन्धानको कामलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
आजदेखि काठमाण्डौमा सुरु भएको अन्तर्राष्ट्रिय बीउ सम्मेलनको उद्घाटन गर्दै उहाँले कृषि उत्पादनमा बढावा दिनेगरी कृषि अनुसन्धान परिषदको कामको दायरालाई बढाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे। मन्त्री खनालले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्रको योगदानलाई फराकिलो बनाउँदै लैजान सरकारले जोड दिएको पनि स्पष्ट पारे ।
मन्त्री खनालले कृषि बीउबीजनहरुको उत्पादन नेपालमै गर्ने तर त्यसका लागि अन्य देशको आवश्यक प्रविधि तथा अनुसन्धानलाई भित्र्याउनुपर्ने आवश्यकता पनि औंँल्याए ।
Comments