Sajhamanch Archive

जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा : प्रचण्ड

Published: in राजनीति, राष्ट्रिय समाचार by .

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् ।

भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए ।

‘फेरी पनि अराजकता र अन्यौलता यो देशले थाम्न सक्दैन,’ उनले भने, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’

केही तत्वले जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको उनको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *