झापाको केर्खाबाट लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा
Published: (Updated: )
by .कमल । लागु औषधसहित बुधबार प्रहरीले झापाको केर्खाबाट तीन जना युवालाई नियन्त्रणमा लिएको छ ।
लागु औषधको विक्री वितरण भैरहेको जानकारीको आधारमा छापा मार्दा प्रहरीले कमल गाउँपालिकाको काशिराम पोख्रेल, दमक नगरपालिकाका सपन सरदार र मोहमद समिरलाई प्रहरी चौकी केर्खाका ईन्चार्ज सहायक प्रहरी निरीक्षक अशोक दर्नालको टोलीले नियन्त्रणमा लिएको प्रहरी चौकी केर्खाले जनाएको छ ।
नियन्त्रणमा लिएका युवाको साथबाट २५ एम्पुल डाईजीपाम, २५ एम्पुल लुपिजेसिस र २५ एम्पुल फेनारागन बरामद भएको ईलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल श्रेष्ठले जानकारी दिए ।
नियन्त्रणमा लिएका युवालाई लागुऔषधी ऐन अन्तरगत कारवाही अगाडी बढाईने डिएसपी श्रेष्ठले बताए ।
Comments