Sajhamanch Archive

उपत्यकामा डेंगुको जोखिम, चिकित्सकदेखि मन्त्रीसम्म बिरामी

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई चिकित्सक, तीन नर्स, तीन कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जना कर्मचारीलाई डेंगुको संक्रमण भएको छ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनाललाई समेत डेंगु संक्रमण भएको छ। ज्वरो आउने, टाउको दुख्ने भएपछि मन्त्री खनाल हिजोदेखि काठमाडौं टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत छन्। अस्पतालका प्रमुख सरुवा रोग विशेषज्ञ तथा अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाका अनुसार उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको र केहीलाई सञ्‍चो भइसकेको छ।

राजधानीमा फैलँदो डेंगु संक्रमणलाई विचार गरी मंगलबारबाट अस्पताल परिसरमा डेंगु हेल्थ डेस्क स्थापना गरिएको छ। अस्पतालका अनुसार अस्पतालमा डेंगुका बिरामी अत्यधिक आएपछि छुट्टै डेस्क स्थापना गरिएको हो। प्रवक्ता बाँस्तोलाले भने, ‘डेंगुको अवस्था भयावह बन्दै गएको छ, अस्पतालका कर्मचारीसमेत संक्रमित हुन थालेका छन्, जसले गर्दा बिरामीको सहजताका लागि आकस्मिक कक्ष छेउमा डेंगु हेल्थ डेस्कसमेत स्थापना गरेका छौँ।’ ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु क्लिनिक स्थापना गरिएको हो।

यसैबीच कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालसमेत डेंगु ज्वरोले बिरामी भएका छन्। ज्वरो आउने, टाउको दुख्ने भएपछि मन्त्री खनाल हिजोदेखि काठमाडौं टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्। अस्पतालले समेत मन्त्री खनाललाई डेंगु ज्वरोको लक्षण देखिएको पुष्टि गरेको छ। मन्त्री खनालको सचिवालयले पनि उनलाई डेंगु ज्वरो आएको जानकारी गराएको छ। ग्राण्डी अस्पतालमा भर्ना हुनुअघि पनि उनलाई अत्याधिक मात्रामा ज्वरो आएपछि काठमाडौंको टेकुस्थित अस्पतालमा रगत परीक्षण गरिएको थियो। रगत परीक्षणबाट पनि मन्त्री खनाललाई डेंगुको संक्रमण देखिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *