Sajhamanch Archive

‘मानवता विरुद्धको संगठित अपराध रोक्न सबै एक हुनु पर्ने’ : डिआईजी ज्ञवाली

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by .

मेचीनगर । मित्रराष्ट्रको भौगोलिक अवस्था, त्यहका मानिसहरुको रहन सहन, बोलीचाली, अनुहार, भेषभुषा नेपालीको भन्दा फरक नपरेका कारण पूर्वी काँकरभिट्टा नाका मानव बेचविचन तथा ओसारका लागि गिरोहले रोजेको हुन सक्ने १ प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आशंका गरेका छन् ।

विहीबार मानव बेचबिखन तथा ओसार विरुद्घको १३ औँ राष्ट्रिय दिवसका अवसरमा काँकरभिट्टामा आयोजित विशेष कार्यक्रममा बोल्दैं प्रहरी नायव महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन् । उनले अहिले पशुपक्षी ,जैविक अधिकारका कुरा गरीरहदा त्यसको सर्वश्रेष्ठ प्राणीको रुपमा रहेको मानवले मानवअधिकारका हरु किन नगर्ने भन्दैं प्रश्न गरे ।

पूर्वी नाका अन्तर्राष्ट्रिय सीमाना भएका कारण निक्कै सम्वेदनशील भएकाले यस्ता नाकाहरुबाट मानव बेचबिखन तथा ओसार पसारका घटना अत्यधिक हुने भएकाले काँकरभिट्टामा कार्यक्रम आयोजना गरिएको बताए । उनले मानव बेचबिखन तथा ओसारपसारको बदलिदो स्वरुप, दलालहरुले अप्नाउने नयाँ नयाँ प्रविधि र तरीका एवम् विश्वमा लागुऔषध र हातहतियारपछिको तेस्रो ठुलो अपराधका रुपमा देखापरेको मानवता विरुद्घको यो संगठित अपराध रोक्न सवैजना एकहुनुपर्नेमा जोड दिए ।

मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो अपराध कुनै एकजनाको प्रयासले मात्र नियन्त्रण नहुने भएकाले सवैएकजुट हुनुपर्नेमा जोड दिदैं खुला सीमानाको फाइदा उठाएर यसमा संलग्नले यो धन्दा चलाइरहेको उनको भनाई थियो । मानव बेचबिखनको बदलिदो रुवरुपसँगै बैदेशिक रोजगारको नाममा आन्तरिक तथा बाह्य रुपमा बेचबिखन तथा नयाँ नयाँ रुवरुप बहाना, आश्वासन, प्रलोभनमापरेर झुठो विवाहको बहानामा समेत चेलीबेटी बेचबिखन हुने गरेकाले सवैजना त्यसतर्फ चनाखोहुनुपर्ने बताए ।

माइती नेपालक पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बेचबिखनका प्रमुख कारणहरु अशिक्षा र जनचेतनाको कमि ,बेरोजगारी, दलालहरुको आर्थिक प्रलोभन, असुरक्षा र हिसाँको स्थिती , बढदो शहरीकरण र बसाई–सराई ,महिला एव्म बालबालिका माथि हुने घरेलु हिसाँर हेला, छोरा–छोरीबीचको बिभेद गरीवी ,आथिक बिपन्नता र चाडो धनीबन्ने वा सुखी जीवन बिताउने महत्वकाँक्ष ,पश्चिमी खुल्ला छाडा संस्कृतिको अतिक्रमण वा प्रभाव अरुको देखासेखीका कारण कामको खोजीमा महिला बिदेशीने नै रहेको बताए ।

कार्यक्रममा झापा जिल्लाका न्यायाधिवक्ता केशव पन्त, मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्कीलगायतले बोलेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा भेला शुरु भएको र्यालीले काँकरभिट्टा बजारको मुख्य मुख्य भागको परिक्रमा गरी पुनः सोहि स्थानमा आएर सभामा परिणत भएको थियो ।

र्यालीमा चेलीबेटी बेच्ने दलाललाई सामाजिक बहिष्कार गरौ, मानव बेचबिखन हुनबाट आफु पनि बचौ अरुलाई पनि बचाउ जस्ता नारा लेखिएका प्लेकार्ड सहभागीले बोकेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक गोविन्दकुमार कार्किले कार्यक्रमको औचित्यमाथि प्रकाश तथा मेची सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेलले स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *